नाट्टामा आचार्यको समूह निर्वाचित

काठमाडौ ४ माघ । नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेण्ट नाट्टामा एमाले निकट व्यवसायी बिजय भएका छन् ।
गएराती सम्पन्न ५२ औ बार्षिक साधारण सभावाट मधुसुदन आचार्यको प्यानल पुरै निर्वाचित भएको हो । आचार्यले दुई मिहिका धाख्वा र शम्भु पाठकको समूहलाई हराउदै निर्वाचित भएको हो । ५० बर्षको इतिहासमा पहिलो पटक एमालेले नाटोमा १५ सिट सहित  बिजय हासिल गरेको हो ।  आचार्यले कुल ४ सय ३२ मतदानमध्ये १ सय ९१ मत पाएका थिए भने उनका  प्रतिद्धन्दि धाख्वाले १ सय ६४ र पाठकले ५७ मत पाएका थिए ।
प्रथम उपाध्यक्षमा सिएन पाण्डे, द्धितिय उपाध्यक्षमा डिके शर्मा, महासचिवमा भीमप्रसाद पन्त, सचिवमा सुधीर उपाध्याय,कोषाध्यक्षमा चित्र गुरुङ, सहकोषाध्यक्षमा सविता केसी भट्टराई विजयी भएका छन्।
त्यस्तै सदस्यहरुमा युवराज सुवेदी, लक्ष्मण लम्साल, रामकुमार बाराकोटी, घनश्याम घिमिरे, विनय बस्नेत, हरिभक्त श्रेष्ठ, बरुण मेहता र शीतलकुमारी शर्मा पौडेल निर्वाचित भएका छन्  ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice