bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/01/19661 ) ) )

कर्मचारीका कारण आमाको नाममा नागरिकता पाउन कठिनाइः गृहमन्त्री

काठमाडौं, १ माघ । गृहमन्त्री शक्ति बस्नेतले कानुनमा आमाको नाममा नागरिकता लिन कुनै समस्या नरहे पनि सरकारी कर्मचारीमा रहेको पुरानो मानसिकताका कारण सेवाग्राही समस्यामा परेको बताएका छन् ।
शुक्रबार राजधानीमा संचारिका समुहले गरेको अन्तक्रियामा बोल्दै गृहमन्त्री बस्नेतले  पुरानो मानसिकताका सरकारी कर्मचारीले बिभिन्न बहानामा आमाको नाममा नागरिकता नदिने गरेको आरोप लगाएका हुन् । अन्तक्रियामा सहभागी महिलाहरुले कर्मचारीले बिभिन्न बहानामा आमाको नाममा नागरिकता लिन झुलाएको गुनासो गरेपछि बस्नेतले संविधान र कानुुन ले सुनिश्चित गरेको अधिकार कर्मचारीले विभिन्न बहाना देखाएर रोक्न नपाउने भन्दै आमाको नाममा सहज रुपमा नागरिकता दिनका लागि मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गर्ने आश्वासन दिएका छन् । अन्तरिम संविधान २०६३ ले नै आमाको नाममा नागरिकता दिने ब्यवस्था गरेको थियो । उक्त ब्यवस्थालाई नयाँ संविधानले समेत निरन्तरता दिएको छ । तर संवैधानिक व्यवस्थाका वाबजुद् स्थानीय निकायले सिफारिस गर्दा नै बाबु खोज्ने गरेका छन् । तर चार वर्ष पहिलेको जनगणना अनुसार नेपालमा ८ लाख ९६ हजार ८ सय बालबालिका आमासँग मात्र बस्ने गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice