ठाकुरले नै महतोलाई फकाउन प्रधानमन्त्री ओलीलाई फोन गर्न लगाए

काठमाडौ २८ पुस । तमलोपाका अध्यक्ष महन्ठ ठाकुरले नै प्रधानमन्त्री केपी शर्मा ओलीले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई फोन गरेको खुल्न आएको छ ।
ठाकुरले प्रधानमन्त्री ओलीलाई महतोले गर्दा नै मधेसको समस्या समाधान नभएको भन्दै फोन गर्न लगाएका  थिए । ठाकुरले प्रधानमन्त्री ओलीलाई ‘पहिला  स्वास्थ्य स्थिति बुझ्नुहोस् अनि मधेस समस्याको बारेमा कुरा गर्नुहोस् । जसरी पनि महतोलाई मनाउने प्रयास गनुृहोस्’ भनेर भनेका थिए । त्यसपछि नै दिल्ली उपचार गराउन गएका महतोलाई प्रधानमन्त्री ओलीले काठमाडौमा आई वार्ता गर्न आग्रह गरेका थिए ।
‘महतोजी दिल्लीबाट होइन काठमाडौंबाट सहमति खोजौं छिटो फर्कनुहोस् । तपाई नभएर राजनीतिक सहमति हुन सकेन’ हिजो साँझ फोन गदै ओलीले भनेका थिए । लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु पनि    मधेसको समस्या समधान गर्न महतो नै बाधक बन्दै गएको बताएका छन्

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice