बिर्तामोड र भुटान फाइनल खेलमा प्रवेश

काकडिभिट्टा २४ पुस । काकडिभिट्टामा भइरहेको काँकडिभिट्टा गोलकफ फुटबलको शनिबार हुने  फाइनल खलमा बिर्तामोड ११ र फ्यान्स क्लब बीआरसी भुटान प्रवेश गरेका छन् ।
बिहिबार भएको खेलमा  भारतको दार्जिलिङ—११ लाई ३—० गोलको अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
भुटान निकै आक्रमक रुपमा मैदानमा उत्रेको थयो । भुटानका लागि ३ नै गोल अफ्रिकन खेलाडिहरुले गरेका थिए । पहिलो गोल ३० आँै मिनेटमा सेगानले पहिलो गोल गर्दै खाता खोले ।
हाफ पछिको ४९ आँै मिनेटमा ओलावाले दोस्रो र ५९ मिनेटमा  भिक्टरले तेस्रो गोल गरेपछि भुटानले ३—०को अन्तरले जित हासिल गर्यो । अघिल्ला खेलको तुलनामा दार्जिलिङले रम्रो प्रदर्शन गर्न नसके पछि भुटानले त्यसको  फाइदा उठायो ।
भुटानका कप्तान दिनेश कार्की म्यान अफ द म्याच घोषित भए । उनलाई वरिष्ठ फुटवल प्रशिक्षक भगीरथ आलेले २ हजार नगदसहित ट्रफि प्रदान गरे ।
म्यान अफ द म्याचका सबै पुरस्कार  अटो नेपालका उपाध्यक्ष नगेन्द्र गुरुङले प्रायोजन गरेका हुन् । गत शनिबादेखि सुरु भएको प्रतियोगितामा नेपालका ५ ,भारतका २ र भुटानको १ गरि जम्मा ८ टिम सहभागि भएका थिए ।
विजेता टिमले नगद १ लाख र उपविजेता टिमले नगद ५१ हजार प्राप्त गर्नेछन् । बुधबार भएको पहिलो सेमिफाइनल खेलम  बिर्तामोड—११ ले चर्च ब्वाइज काठमान्डौलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice