रंगमञ्चको दौडमा संयोग

काठमाण्डौ, २१ पुस । वर्तमान समयमा युवापुस्ता रंगमञ्चप्रति आकर्षित भइरहेका छन् । विदेशमा मात्र होईन नेपाली रंगमञ्चको वर्तमान अवस्था पनि पहिलेको भन्दा निकै सुधारिएको छ । यहि भीडमा भर्खरै आरआरमा स्नातक पढदै गरेका इलामका संयोग गुरागाईमा पनि देखिएका छन् । ८ वटा नाटकमा अभिनय संयोगले सानै उमेरदेखि अभिनयमा रुचि राख्ने गर्दथे ।
क्याम्पस पढदै मण्डला थिएटरमा आवद्ध छन् संयोगले अन्तराष्ट्रिय नाटक महोत्सवमा पनि आफ्नो कला देखाइसकेका छन् । गत नोवेम्वर र डिसेम्वरमा बंगलादेशमा देखाइएको अन्तराष्ट्रिय  नाटक महोत्सवमा तीनै संयोगले खेलेको नाटक ‘सर्जमिन’ देखाइयो ।
नाटक महोत्सवमा नेपाल लगायत बंगलादेश भारत र नर्वे गरि चार देशका ९ नाटक मञ्चन गरिएको थियो । नेपालवाट मंडला थिएटरले  नेपालले बंगलादेशका ४ शहरमा ५ वटा सो देखाएको थियो ।
। बंगलादेशको भ्रमण उनका लागि अविस्मरणीय रह्यो महोत्सवमा पहिलो पल्ट भाग लिएका उनले जिवनमै पहिलो पटक दाहोरो भुमिका समेत निर्वाह गरे । ‘नयाँ ठाउँ, नयाँ रंगमञ्चमा अभिनय गर्दा धेरै नयाँ कुराहरु सिक्ने अवसर पाएँ जसले मेरो अभिनयमा अझै निखार ल्याउन मद्दत गरेको छ ’ उनी भन्छन् ‘नाटक मेरो जिन्दगी हो यसको अलावा अरुकेहि सोचेको पनि छुइन् ।’
छोराको नाटक प्रतिको रुचि देख्दा बावुआमा पनि खुसि रहेको उनी वताउछन् । सडक नाटक बाट आफ्नो अभिनय थालेका उनले इलाम र झापाका विभिन्न ठाउँहरुमा आफ्नो प्रतिभा देखाइ सकेका छन् ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice