चार र आठा आनाको दममा देश बन्दैन : प्रधामन्त्री

काठमाडौ १८ पुस । प्रधानमन्त्री केपी शर्मा ओली आफू देश बनाउने हिडेकोले चार आना÷आठ आना भन्नेहरुले केही गर्न नसक्ने बताएका छन् ।
उनले प्रधानमन्त्रीको फोटो सिंहदरवारमा झुण्डाउन मात्र नआएको भन्दै देश बनाउन आएकोले चार, आठ आनेहरुले केही गर्न नसक्ने बताएका हुन् । नयाँ बानेश्वरमा एमाले सम्पर्क मञ्चको राष्ट्रिय भेलालाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले राम्रा काम गदै गए विरोध आत्तिने बताए । राजनीतिकमा विरोध देखा पर्न कुनै अनौठो नभएको भन्दै  उनले अव यो सरकार सधैका लागि टिक्ने समेत दावी गरे ।‘यो सरकार बनाउनै नदिनेहरुले अव कति दिन टिक्ला भन्थ्ये’उनले भने–‘अव फेरिदा पनि फेरिदै टिक्छ पनि ।’
आफूहरुसंग वहस गर्न अन्य पार्टीका डराउने गरेको उल्लेख गदै उनले आफूभन्दा एडभान्स विचार लिएर आउन चुनौति दिए । उनले आफ्नो वायोडाटा हेरेर अरु तर्सने गरेको बताए । ‘लोकतन्त्रका लागि  १४ बर्ष जेल र ६ बर्ष भूमिगत बसेको छु’ उनले भने–‘हाम्रा वायोडाटा हेर्छन । अनि तर्सन्छन ।’ उनले
आफ्नो स्वास्थ्यले पनि राम्रो भइरहेको बताउदै प्रधानमन्त्री ओलीले देशका लागि केही गर्न सिंहदरवार आएको जानकारी गराए । उनले आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्छु भनेर राजनीतिक नगरेको समेत दावी गरे ।‘म प्रधानमन्त्री र पार्टीको अध्यक्ष बन्छु भनेर राजनीतिक गरेको होइन । जेलनेल खादा प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्छु भनेको थिएन ’उनले भने–‘कता कता वाट ल्याएर बनाइदिहाले ।’
प्रधानमन्त्री ओलीले मधेसमा आन्दोलनरत दलहरु कस्को अधिकारका लागि नाकाबन्दी गरेको थाहा नभएको बताए ।‘हाम्रो संविधानले संसारकै उपयुक्त छ । सवैलाई अधिकार दिएको छ’उनले भने–‘तर अधिकार भन्दै लडेका छन । कस्को अधिकारका लागि लडेका हुन ?’ उनले संसदले जनताका अधिकारका मागलाई पुराका पुरा सम्मान गर्ने बताउदै तर नचाहिदो देशलाई अप्ठयारोमा पार्न मागलाई पुरा गर्न नसकिने उल्लेख गरे ।
अघिल्लो सरकार कछुवा भन्दा पनि धिमा गतिमा बढेको पबताउदै त्यस्तो गतिप्रति आफू मन्जुर नभई द्रुतगतिमा देशको विकास हुने जानकारी गराए । उनले २ बर्षभित्र नेपाल खाद्यान्नमा निर्भर हुने पनि दावी गरे ।‘अवको एक बर्षमा लोडसेडिङको अन्त्य र २ बर्षभित्रमा खाद्यान्नमा देश निर्भर हुन्छ’उनले भने–‘त्यसपछि अरुमा पनि क्रमश निर्भर हुने छ ।’ उनले भूकम्पपिडितका लागि कानुन बनिसकेको हुनाले अव युद्धस्तरमा काम हुने जानकारी गराए ।
एक अर्को प्रसङमा प्रधानमन्त्री ओलीले पार्टीमा अव गुटबन्दीको आवश्यकता नभएको पनि बताए । उनले कुनै गुटलाई आफूले समर्थन नगर्ने समेत बताए ।‘म कुनै गुटलाई समर्थन गदैन’उनले भने–‘यो वेला गुटबन्दी गर्ने वेला होइन । देश बनाउने वेला हो ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice