प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष दाहालबिच भेटवार्ता

काठमाडौं, १२ पुस । वर्तमान राजनीतिक गतिरोधको अन्त्यका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको छलफल मधेसी मोर्चाले राखेका मागहरुको सम्बोधन गर्ने बिषयमा केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिएका छन् । प्रचण्डले  उच्चस्तरीय राजनीतिक समितिका संयोजकका हिसाबले  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत मोर्चासंग वार्ता गर्ने बिषयमा प्रधानमन्त्रीसंग छलफल गरेका हुन् ।
त्यस्तै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर रायले पनि प्रधानमन्त्री ओलीसंग मधेस आन्दोलनका बिषयमा छलफल गरेका छन् । मधेस आन्दोलनको सुरक्षित अवतरणका बिषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार दाहालले बताएका छन् । रायसंगको भेटका क्रममा ओलीले समस्या समाधानका लागि आफु गम्भिरतापुर्वक लागि परेको बताएका थिए

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice