bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/12/18644 ) ) )

भारत जाने परम्परालाई तोड्दै प्रधानमन्त्री ओलीले पहिलो विदेश भ्रमण चीनबाट थाल्ने

काठमाडौं, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट गर्ने भएका छन् । यसअघिका प्रधानमन्त्रीहरुले भारतबाट आफ्नो पहिलो भ्रमण थाल्ने गर्दथे । तर प्रधानमन्त्री ओलीले भने आफ्नो पहिलो भ्रमण चीनबाट थाल्ने तयारी गरेका छन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएलगतै चीन र भारत दुवै देशका राजदुतहरुले भ्रमणको निम्तो दिएका थिए । भारतीय नाकाबन्दीले प्रधानमन्त्री ओली दुवै देश जान सकेका थिएनन् । तर हाल उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमणपछि प्रधानमन्त्री ओलीले आफ्नो पहिलो भ्रमण चीनबाट थाल्ने भएका छन् । ओलीको ओलीको आगामी चीन भ्रमणको तयारी अनुरूप साताब्यापी लामो भ्रमणमा परराष्टमन्त्री थापा रहेको तथ्य खुलेको छ ।
अहिले नै तयार भएका कतिपय विषय छलफलका रूपमा राख्दै आगामी वर्ष सन २०१६ को सुरुवातमा नै हुने सरकार प्रमुखस्तरको भ्रमणका क्रममा सम्झौता गर्ने भनिएपछि यो खुलासा भएको हो ।
तर २०१६ को कुन महिनामा प्रधानमन्त्रीस्तरको भ्रमण हुने स्पष्ट पारिएको छैन ।
चीनले नेपालसँगको सम्झौता नेपालको राजनीतिक सहमतिमा गर्न खोजेका कारण नहतारिएको पनि अधिकारीहरूले बताए । अहिलेको अवस्थामा नेपालमा राजनीतिक सहमति नभएकोप्रति लक्षित गर्दै चिनियाँ नेता र अधिकारीले कार्यकारीस्तरमा कतिपय सम्झौता गर्न सकिने परराष्ट्रमन्त्री थापालाई बताएका छन् ।
थापाकै भ्रमणका क्रममा स्वतन्त्र व्यापार सम्झौता (एफटीएं) द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता (बिप्पा) लगायतका सम्झौता गर्ने तयारी नेपालको थियो । तर चीनले यसमा थप अध्ययन गर्ने र दीर्घकालीन हितमा उपयोगी बनाउने भनेपछि नेपालले आस गरेको स्वतन्त्र व्यापार सम्झौता (एफटीए), द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता (बिप्पा), पारवहन तथा व्यापार सम्झौता र इन्धन आयात सम्झौतामा हस्ताक्षर हुन सकेन ।
कान्तिपुर लेख्छ, ती सम्झौता गर्ने कुरामा दुवै देशबीच राजनीतिक तहमा सहमति जुटेको छ । चीनले यो विषयलाई कार्यकारीस्तरमा नै टुंग्याउन लागेकाले अहिले सम्झौता नभएको एक अधिकारीले बताए ।
यो भ्रमणले आगामी दिनमा द्विपक्षीय हितका लागि गर्ने कार्यको धेरै आधार तयार गरेको छ । सम्झौताभन्दा पनि त्यसका लागि बनाइने आधार निकै महत्त्वपूर्ण रहन्छ । त्यो तय भएको छ । अहिलेसम्मको सम्बन्धका बारेमा खुलेर छलफल भएको छ भने नेपाललाई परेको समस्या पनि स्पष्ट राखिएको छ, चीनका लागि नेपाली राजदूत डा. महेश मास्केले भने, नेपाल र चीनबीचको सम्बन्धमा केही अलमल भए पनि यो स्पष्ट पार्ने काम दुवै पक्षबाट भएको छ । यस अर्थमा भ्रमण सफल र सार्थक भयो । सम्बन्धलाई माझ्न यो स्तरको भ्रमण आवश्यक छ । आशा गरौं छिट्टै प्रधानमन्त्रीस्तरको भ्रमण हुनेछ ।

8 Comments
  1. Hi, I do think this is an excellent web site. I stumbledupon it 😉 I’m going to return once again since i have book-marked it. Money and freedom is the greatest way to change, may you be rich and continue to guide other people.

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice