‘नेताको पछि लागेर बिद्यार्थी भइदैँन’–नविना लामा

एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववीयुको २२ औ राष्ट्रिय महाधिबेशन आउदो  माघ २७ गतदेखि काठमाडौमा हुँदैछ । महाधिबेशनमा नेतृत्व आफ्नो पक्षमा पार्न अखिल नेताबीच गुटबन्दी सुरु भइसकेको छ । त्यही गुटबन्दीकाबीचमा महासचिव नविना लामा अध्यक्ष पदको उम्मेद्धार हुन् । उनै लामासँग गरिएको कुराकानी ।

अखिलको महाधिवेशन लागेको हो त ?
– हो हाम्रो यहि माघ २७ गतेदेखि अखिलको महाविधेशनको मिति तोकेका छौ । महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्दछ । त्यसैले नया नेतृत्वका लागि  चुनावी महोल लागेको छ ।
उसो भए तपाई पनि अखिलको नयाँ नेतृत्वमा आउनु थाल्नु भएको हो ?  
–अखिलको नया नेतृत्वका लागि म नै  पहिलो नम्बरको दावेदार हु ।   अखिल  भित्र राष्ट्रिय परिषद् सदस्य हुदै महासचिव उपाध्यक्ष भइसकेको एउटा महिला अव अखिलको नेतृत्वमा पुग्नु  पर्दछ भन्ने हो र सवैको चाहना पनि त्यही छ । त्यसैले  म अखिलको अगामी महाधिवेशनबाट नेतृत्व लिनेछु  ।
किन नेतृत्वमा आउन चाहेको त ?
पहिलो कुरा  त अखिल भित्रको गुटवन्दीलाई अन्त्य गरेर एउटा राम्रो विद्यार्थीको संगठन बनाउन ।  दोसो हाम्रो शिक्षा प्रणाली अहिले जुन छ । त्यो त्यति व्यवहारिक छैन र त्यसलाई प्रतिस्पर्धी गुणस्तरिय शिक्षा बनाउनका लागि ।  तेस्रो सच्चा र इमान्दार कार्यकर्ता निर्माण गरेर अभिभावक बन्ने । चौथो स्ववियु निर्वाचन गरेर विद्यार्थी आन्दोलनलाई  नया ढंगले अगाढि बढाउने ।
नया नेतृत्वमा जानका लागि के छन एजेण्डा ?
कमजोर बनेको विद्यार्थी आन्दोलनलाई सहि दिशा दिनका लाागि मेरो पहिलो प्राथमिकता पर्ने छ । भने  अखिल विद्यार्थीको एक मात्र संगठन हो भनेर स्थापित गर्नेका  लागि यहा भित्र रहेका  गुटबन्दी,अराजक आर्थिक अनियमिता अन्त्य गर्ने मेरो मुख्य एजेण्डा रहेका छन् । त्यो मेरो नेतृत्वबाट  नै सम्भव भएकोले मेरो ध्यान त्यसमा रहने छ ।  अर्को चाहि शिक्षा क्षेत्रमा देखिएको शैक्षिक माफिया व्यापरिकरणको अन्त्य गरि सरकारी स्कुलललाई राम्रो  र शैक्षिक क्यालेण्डलरलाई वैज्ञानिक बनाउने । त्यस्तै  गुटबन्दी रहित अखिल बनाउने पनि योजना छ

तपाई नेतृत्वमा आइसकेपछि शैक्षिक माफियाको अन्त्य कसरी गर्नुहुन्छ त ?
नाफा कमाउने र व्यापारका नाममा शिक्षा गर्ने माफियाको अन्त्य गर्ने मेरो योजना छ । अहिले केही व्यक्तिको हातमा मात्र शिक्षा छ । त्यो   निजिकरणलाई  पनि प्रतिस्पधी बनाउन आवश्यक रहेको छ ।  अहिले जुन दरमा  निजीको प्रवेश छ  त्यो भोलिको शिक्षामा  डरलाग्दो बन्ने छ । तसर्थ त्यसलाई निर्मूल पार्न आवश्यक रहेको छ ।
कस्तो डरलाग्दो शिक्षा छ त ?
अहिले शिक्षा नाफामखी र कमाउने मात्र ध्यान दिने गरेका छन । त्यो शिक्षाले कति जनशक्ति दक्ष बनाए भन्ने हो । तर त्यसो हुन सकेको छैन  ।  विद्यार्थीलाई शोषण गर्ने खालको शिक्षा मात्र छ । शिक्षा भनेको मानिसको जिवनसंग जोडिएको हुन्छ । तर अहिलेका शैक्षिक माफियाहरुले त्यस्तो शिक्षा दिन सकेका छैनन ।
शिक्षा प्रणाली सुधार गर्ने योजना के छ ?
शैक्षिकमा जुन खालको नाफा र व्यापारीमूलक छ त्यसको अन्त्य  मेरो योजना हो । शिक्षा सुधार्नका लागि  निजिकरणलाई मुक्त बनाउने छु । सरकारी तहका स्कुल,कलेज तथा क्याम्पसलाई गुणस्तर बनाउने । सवै विश्वविद्यालयमा  शैक्षिक क्यालेण्डर अनिवार्य बनाएर समयमा परीक्षा संचालन  तथा नतिजा प्रकाशन गर्ने  । त्यस्तै शिक्षा भन्दा टाढा रहेका समुदायलाई स्कुल ल्याउने जस्ता कार्यक्रम गर्ने ।
महाधिवेशन आउन थाल्यो तयारी के छ त ?
तयारी हामीले आआफ्नो ढंगबाट गरिरहेका छौ । जहासम्म नया नेतृत्वको कुरा छ । एक त हाम्रो संगठन लोकतान्त्रिकमा गएको छ । पहिलो कुरा त नया नेतृत्वका लागि सायद  सहमति हुन्छ जस्तो लागेको छ । त्यो नभए निर्वाचनबाट नै नया नेतृत्व आउछ ।
कस्को नाममा सहमति हुन्छ त ?
अहिले म लगायत उपाध्यक्षद्धय दिपक गौतम र ऐन महर नयाँ नेतृत्वको लागि  अध्यक्षको उम्मेववार छौ । त्यसमा पनि अहिले हामी मुख्य दुइ जना छौ । दिपक गौतम र म । ऐनजी र म एउटै गुटमा छौ । थोमसजी पनि हो । तर उहाँ बाहिर जानु भएकाले अर्को गुटबाट दिपकजी नै हो ।    जहासम्म उहाँ दुई जना भन्दा मेरो नाममा सहमति हुन्छ । मेरो क्रियाशिल क्षमताको हिसावमा मेरो नाममा सहमति हुन्छ ।   तर पार्टी भित्रको गुटबन्दीको कारणले सहमति नहुन सक्छ । म जतिको एउटा जनजाति महिला संगठनले पाउन सक्दैन । तर गुटबन्दी चुनौति छ ।
तपाई र ऐन  कसले टिकट पाउछ त ?
ठ्याक्कै यो हो भन्ने अझै भइसकेको छैन । उहाँ र ममा जो भएपनि हुन छ । तर मैले नै टिकट पाउने हो ।   म उहाँ भन्दा सिनियर । नेतृत्वको हिसावले पनि महासचिव उपाध्यक्ष भइसकेको एउटा महिला भएको हुनाले पनि  म पाउने भन्ने हो । हामी दुईवटा मिलिहाल्छौ ।
ऐन टिकट पाए के गनुहुन्छ नि ?
मैले समूहलाई विश्वास गरेर जानुपर्दछ । ऐन भर्खरै उपाध्यक्ष हुनुहुन्छ  । उहा पहिलो पटक उपाध्यक्ष हो । म जतिको कमिटीको च्यानल पार गरेर उहा आउनु भएको छैन । म अखिलको रापसहुदै अहिले महासचिव भएको छु । त्यसकारणले उहाँले मेरो अखिल भित्रको समपर्ण  भएको छ । त्यसैले मैले नै टिकट पाउछु ।
अखिलको दोस्रो महिला अध्यक्ष बन्नु थाल्नु भएको हो ?
हो म अखिलको दोस्रो अध्यक्ष बन्न थालेको हो । म अध्यक्ष बन्ने ९९ प्रतिशत सम्भावना छ । गुटबन्दी केही गनेर भने । विद्यार्थीको हक हितका सवालमा विद्यार्थी आन्दोलनको एजेण्डा मसंग छ । र म नै ९९.५ प्रतिशत अखिलको अध्यक्ष हुन सम्भावना छ ।
तपाईको जित्ने आधार के छ ?
म एउटा इमान्दार कार्यकर्ता हँुदै नेता हुन पुगेको छु । न्यायको निम्ति विद्यार्थी संगठन चलाउन सक्छु । संगठनको भावना स्पीडलाई बोक्ने सक्ने क्षमता ममा छ । शैक्षिक आन्दोलनलाई नयाँ दिशामा लाग्न सक्छु  । ७ बर्ष देखि हुन नसकेको स्ववियु  निर्वाचन गराउन पहल गर्न  सक्छु । सवै महिलाहरुलाइै सम्बोधन गर्न सक्दछु । साथै कमिटी संगठनलाई संस्थागत ढंगबाट मिलाएर लैजान म सक्दछु  । र अहिले देखिएको संगठन भित्रको गुटबन्दीको अन्त्य गर्ने क्षमता मेरो भएकोले मेरो पक्षमा धेरै साथीभाईको सहानुभूति भएकोले म आफै चुनाव जित्नेमा ढुक्क छु ।
अहिले अध्यक्षमा आकाक्षी तिन जान हुनुहुन्छ नविना के फरक छ अरुभन्दा  त ?
म उहाहरु भन्दा सिनियर उहाभन्दा आन्दोलनमा पनि अग्रीम मोर्चामा काम गरेको अखिलको पुरानो मान्छे हुँ ।   म फिजिकल पनि महिला भएपनि  जेलनेल खाएको छु ।  स्ववियु निर्वाचनमा पटक पटक वाहिय शक्तिसंग लडेर अखिललाई अगाडि बढाएको छु । उहाँहरुले म जस्तो कष्ट खाएको छैनन । आन्तरिक लडाईमा विशिष्टता  हासिल गरेको छ र महिलाहरुका हकहितमा लागेर काम गर्न सक्दछु । तुलनात्मक ढंगले मैले अहिलेसम्म संगठनको जिवनमा  गलत काम गरेको छ्रैन  । संगठनभित्र कारवाहीको भागिदार पनि पनि बनको छैन । ममा  आर्थिक र  सांगठनिक इमान्दारिता छ, मैले संगठनको हित विपरित काम गरेको छैन । तर उहाँहरुमा त्यो छैन ।

तपाई नेतृत्वमा आएपछि अखिललाई  कस्तो बनाउने त ?
अखिललाई विधि र प्रक्रियालाई संस्थाथत ढंगले अगाढि बढाउछु । गुटबन्दी अन्त्य गर्दछु  । न्याय र सम्मानलाई अगाडि बढाउछु । संगठन भित्र महिला जनजाति मधेशी जुन न्याय नपाएर भौतारिएका छन । मैले एक गतिशिल विद्यार्थीको संगठन अखिललाई बनाउने छु । जुन अरुको भन्दा फरक । जुन  संगठनलाई बदनाम छ त्यो म आइसकेपछि अन्त्य हुने छ  । सहि इमान्दार  न्यायप्रेमी विद्यार्थी संगठनको बनाउने छु  ।
विकृत अन्त्य कसरी गर्नुहुन्छ त ?  
अखिल भित्र प्रशस्त्र विकृति छन् । तिनीहरुको अन्त्य हुन आवश्यक छ । विकृती अन्त्य गर्नका  लागि एउटा संस्थागत गर्नुपर्दछ । संस्थागत निति विधान र  नियमलाई बाधेर नै विकृत अन्त्य गर्न सकिन्छ । त्यही निति र विधानलाई टेकेर अखिल भित्रकाो विकृत अन्त्य गर्न मेरो पहल हुने छ । गुटबन्दीका नाममा बाडफाड हँुदैन । निति र नियमललाई प्राथमिकतामा राख्दछु । त्यहीलाइै विधि विधानलाई कार्यन्यवन गर्ने छु  । एविसिडी जो भएपनि । म विधिलाई टेकेर काम गर्ने छु । त्यसो हुन सकेको खण्डमा विकृत स्वत अन्त्य भइहाल्छ ।  अखिलमा दुईवटा गुट छ त्यो गुटलाई समायोजन गर्नुपर्दछ । विधिलाई अवलम्बन गरेर गुटबन्दी र विकृत अन्त्य गर्छु । विधीलाई कार्यन्वयन गर्ने अखिलको जिम्मा हो । मेरो पालामा कानुनको  पालना नगर्ने विधानलाई  मिचेर  जानेलाई दण्ड र पुरस्कारको व्यवस्था हुन्छ ।
उसो भए अहिले अखिल भित्र विधि र विधान अनुसार चलेको छैन ?
यहाँ त विधि र विधान कसैले मान्दैनन् । त्यस्तो लागु भएको पनि  छैन । तर म अध्यक्ष भए भने विधान  र विधिलाई कडाइका साथ लागु गर्दछु ।
त्यही भएर अखिल विग्रेको हो त ?
अखिल विग्रनु पनि त्यो पनि एउटा कारण हो ।
त्रिविको शैक्षिक क्यालेण्डर र स्ववियु निवौचन गर्ने के छ तयारी ?
स्ववियु निर्वाचनका लागि हामी नेविसंघ अखिल क्रान्तिकारी सवै मिल्नु पर्दछ । एउटा संगठनमात्रले स्ववियु निर्वाचन गर्न सक्दैन । त्यसैले सवै संगठन मिलेर स्ववियुलाई कब्जा गर्नेमात्र नबनाई एउटा लोकतान्त्रिक विधि अपनाएर हारजितको स्वीकारेर जानुपर्दछ । स्ववियु निर्वाचन नगराएर यसलाई पारालाइसिस बनाउन पाइन्न । त्यसका  लागि  एउटा शैक्षिक क्यालेण्डर बनाउने र त्यहीलाइ लागु गरेर ७ बषैदेखि हुन नसकेको स्ववियु निर्वाचन गर्नुपर्दछ ।
साथै  समयमा परीक्षा गर्ने नतिजा प्रकाशित गर्ने जस्ता शैक्षिक क्यालेण्डरमा बनाएर मात्र होइन लागु पनि गर्नुपर्दछ  । विश्वविद्यालयलाई कसरी लैजाने भन्न त्यही क्यालेण्डरले स्पष्ट पार्ने । विधि र प्रक्रियालाई मानेर जादा क्यालेण्ढर स्ववियु निर्वाचन गराउन सकिन्छ । आज विधि र प्रक्रियालाई नमानेर जादा त्रिवि अस्तवस्त छ ७ बषैदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । दलिय भागबन्डाले विश्वविदालय विग्रेका छ । त्यसलाई अन्त्य गर्नुपर्दछ ।
शैक्षिक सुधार गर्ने के छ योजना ?
ठूलाठूला खालको शैक्षिक जागरण अभियान चलाउने । त्यो जागणरबाट शिक्षाको पहुच नपुगको समुदायलाई ल्याउने । शिक्षामा देखिएका विकृति विसंगतिलाई सुधार्ने  । टायर र इटा बर्खासर मात्र शैक्षिक आन्दोलन हुदैन । विभिन्न विज्ञहरुसंग सल्लाह गरेर शिक्षाको अग्रगामी दिशमा लैजाने । नेपालको शिक्षा नितिलाई अझै प्रभावकारी बनाउने । र पढन नपाएका विद्यार्थीलाई  ग्यारेन्टी गर्ने । यस्ता विषयमा प्रत्येक जिल्लाहरुमा जागरण अभियान गर्ने । शिक्षासंग सरोकार मन्त्रालयसंग बसेर अगाडि बढाउने । नेपालको शिक्षालाई गुणस्तर प्रतिस्पधी बनाउने जस्ता मेरा योजना छन् ।
रामकुमारी झाक्री हँुदा महिला अखिलमा कमिटी ३३ प्रतिशत बनाउनु  भयो तपाई भएपछि महिलाको स्थिती कस्तो हुन्छ  ?
म महासचिव हुँदा नै अहिले महिला अखिलको कमिटीमा ३५ प्रतिशत छ । त्यो    मेरै कारणले भएको हो । राजनैतिक पार्टीमा लागेका हामी महिलालाई मूल धारमा लैजानका लागि  ३३ प्रतिशतले नपुग्ने भइसक्यो ।   अव ५० प्रतिशत महिला अखिलको हरेक कमिटीमा सहभागि हुन्छन । अखिलले ५० प्रतिशत गरे भने अखिल महिलाहरुको पनि संगठन चिनिन्छ । राज्यले पनि महिलाई ५० प्रतिशत सहभागि गराउनु पर्दछ भन्नेमा दवाव पर्दछ । कार्यकारी पद अखिल भित्र होस वा स्ववियु पनि अध्यक्ष सचिवमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न मेरो पहल हुने छ ।
महिलाहरुको राजनैतिकमा सहभागि छैनन नि त ?
हो अहिले छैनन । उनीहरुलाई राजनैतिकमा ल्याउनका लागि गाउ कलेज स्कुलमा जागरण अभियान चलाउन आवश्यक छ ।  महिलाहरुलाई राजनैतिक के हो भनेर सिकाउन  प¥यो । उनीहरुलाई स्कुलिङग प्रशिक्षण गर्नुप¥यो । अनि उनीहरुलाई मूल राजनैतिकमा ल्याउन सकिन्छ ।
विद्यार्थी नेताहरु पार्टीका नेतामुखि भएका छन । विद्यार्थीका समस्या काबारे त्यति चासो राख्दैनन किन होला ?
अहिले विद्यार्थी नेताहरुमा गलत ट्रेन बसेको छ ।   यसलाई सुधार गर्न आवश्यक छ । यसको लागि संगठनभित्र विशुद्ध अभियान संचालन गर्नुपर्दछ । जो नेतृत्वमा छन तिनीहरु विद्यार्थीका  लागि कति काम गरे त्यो हर्नुपर्दछ । खाली नेताको पछि लागेर विद्यार्थी नेता भइदैन । संगठन भित्र गलत काममा प्रोत्साहन नभई कारवाही गर्नुपर्दछ  । त्यसैले त्यस्ता गलत ट्रेनमा  लागेका मान्छेलाई संगठनमा प्रवेशै गर्नदिन हुदैन ।
अहिले नाकाबन्दीले विद्यार्थीलाई कस्तो असर पारिरहेको छ ?
अहिले एउटा छिमेकी मुलुकले आफ्नो संविधान बनाउदा अर्को मूलुक रिसाउनुपर्ने   पर्ने कारण नै छैन । एउटा खुशी व्यक्त गर्न नसक्ने छिमेकी कहिल्यै असल हुन सक्दैन । कानुनी ढंगमा छिमेकीको गलत कुरा हो भनेर अखिलले ठूलो राष्ट्रिय कार्यक्रम नै ग¥यो । अहिले विद्यार्थीलाई निकै नै समस्या पारेको छ । यसमा हाम्रो संगठनले विशेष ध्यान दिएको छ । केही साथीहरुलाई हामीले सक्दो सहयोग गरिरहेका छौ ।
प्रस्तुतीः शरद शर्मा

One thought on “‘नेताको पछि लागेर बिद्यार्थी भइदैँन’–नविना लामा

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice