सवारी दुर्घटनामा एमाले कार्यकर्ताको निधन, नेता ज्वालाद्धारा गहिरो दुख ब्यक्त

काठमाडौं, २ पुस । नेकपा एमाले सल्यानका सक्रिय सदस्य तथा नेपाल खेलकुद महासंघ सल्यानका उपाध्यक्ष विश्वास हमालको सवारी दुर्घटनामा निधन भएको छ । राप्ती राजमार्गको वरला नजिक उनी सवार मोटरसाइकल दुर्घटना हुँदा घटना स्थलमै मृत्यु भएको एमाले सल्यानले जनाएको छ ।
पार्टीका सक्रिय कार्यकर्ताको निधनप्रति नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा सांसद प्रकाश ज्वालाले गहिरो दुख ब्यक्त गरेका छन् । विहीबार दिउँसो एक बिज्ञप्ती प्रकासित गरी ज्वालाले एउटा जुझारु, इमान्दार कार्यकर्ता गुमाउनु पर्दा निकै दुख लागेको बिज्ञप्तीमा उल्लेख गरेका छन् ।
मलाई आज गहिरो दुुख लागेको छ । हाम्रो पार्टीका इमान्दार, जुझारु कार्यकर्तालाई सदाका लागि गुमाउनु पर्दा सल्यान पार्टीलाई पनि अपुरनीय क्षति भएको छ, बिज्ञप्तीमा ज्वालाले भनेका छन् यो क्षतिले म र हाम्रो पार्टी एमालेलाई ठुलो क्षति भएको छ ।
ज्वालाले मृतक हमालप्रति श्रद्धान्जली र शोकाकुल परिवारजनमा समबेदना पनि दिएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice