‘घरबेटी बा’ जन्मेपछि म गायक बने

विमल गौतम (गायक)
वि.सं २०४७ मा बुवाले रेडियो नेपालमा स्वर परिक्षा पास गरे पनि सरकारी जागिरका संगित क्षेत्रमा अगाडी बढ्न सक्नु भएन । त्यो एउटा चाहाना बुवाको मर्न सकेन र मलाई त्यसको विडो भिडाउने अठोट गर्नु भयो । त्यही अठोटले ‘घरबेटी बा’ को जन्म भयो, र म गायक बनेँ ।
गाउँबाट शहर आएर डेरा गरि वस्ने युवाको कथालाई हस्यौली पारामा गाइएको गित हो ‘घर बेटी बा’ । रमाइलो पारामा गाइएको यो गित धेरैले मन पराए । यही घरबेटी बा जन्मिएपछि बुवाको एक सपना पुरा भयो । बुवाको सपना पुरा गराउन र मलाई गायक बनाउन डीआर राईले रचना गरे भने डेनी निरौलाले संगित दिए ।
अहिले एमएको परिक्षा दिएर बसेको छु । मेरो सपना जागिर भन्दा संगित नै छ । जागिरका कारण बुवा देवी प्रसादले गर्न नभ्याएको क्षेत्रमा जागिरमा नै नखाई मेरो संगितमा लाग्ने चाहाना हो ।
वि.सं २०६९ मा फस्ट मुभ भन्ने एल्बम निकालेको थिएँ । तर मलाई सफल घरबेटी बाले गरायो । त्यसअघि  मैले ६ वटा गीत  भएको एल्बम निकाली सकेको थिएँ । लोक संस्कृति हाम्रा गहना हो, पहिचान हो, समाजको प्रतिविम्व हो  । यसलाई बचाउन एउटा व्यक्तिले मात्र प्रयास गरेर हुँदैन । त्यसका लागि हाम्रो समाज जागरुक हुनु पर्छ र राज्यले पनि त्यसको संरक्षणमा ध्यान दिनु पर्छ ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice