लिम्बुवानद्वारा चक्काजामको कार्यक्रम फिर्ता

काठमाडौं, २८ मंसिर । लिम्बुवानले पूर्वी नेपालका नौ जिल्लामा आह्वान गरेको अनिश्चितकालीन चक्काजाम आज बिहानदेखि फिर्ता लिएको छ । सरकारसँग भएको पाँचबुँदे सम्झौता कार्यान्वयनको माग गर्दै लिम्बुवान आन्दोलन उच्चस्तरीय समितिले हिजोदेखि अनिश्चितकालीन चक्काजाम आवह्वान गरेको थियो । नाकाबन्दी र तराई बन्दले सर्वसाधारणमा परेको मारलाई मध्यनजर गर्दै चक्काजाम फिर्ता लिई आन्दोलनलाई परिमार्जन गरिएको सङ्घीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य जेन्टल लावतीले बताए । बन्द फिर्ता भएसँगै सवारी सञ्चालन हुन थालेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice