‘अध्यक्ष कमरेड, गृहमन्त्रीले मेरो फोन डेढ महिनादेखि उठाउनु भएन’

काठमाडौं, २७ मंसिर । एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य जनार्दन शर्माले डेढ महिनादेखि गृहमन्त्री शक्तिबहादुर बस्नेतले आफ्नो फोन नउठाएको गुनासो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गरेका छन् ।
शनिवार बसेको स्थायी कमिटीको बैठकमा शर्माले आफु पार्टीको राज्य ब्यवस्था इन्जार्ज भएपनि गृहमन्त्री बस्नेतले डेढ महिनासम्म न भेट न टेलिफोन सम्पर्कमा आएको गुनासो गरे । ‘अध्यक्ष कमरेड शक्तिजीलाई मैले बारम्वार टेलिफोन सम्पर्क गरेँ, तर उहाँले मेरो फोन नै उठाउनुहुन्न’, बैठकमा शर्माले भने ‘भेट गर्ने समय मागेँ तर पनि उहाँले दिनु भएन ।’
मन्त्रीहरुले आफुखुसी हिड्न थाल्ने भए राज्य ब्यवस्था समितिको के काम भन्दै उनीले प्रश्न पनि गरेका थिए । गृहमन्त्री बस्नेतका कारण पार्टी बद्नाम भएको जनाउँदै उनले गृहमन्त्रीबाट फिर्ता बोलाउन आग्रह गरे । ‘मन्त्रीज्युहरु आफुखुसी हिड्न थाल्नु भएको छ कसैको सुझावसम्म लिन मान्नु हुन्न, समस्या आउँदा मात्र उहाँहरु पार्टीको सम्पर्कमा आउने गर्नु भएको छ ।’
स्थायी कमिटी सदस्य शर्माले भूकम्प पीडितका नाममा आफ्ना नातेदार चीन पठाउने र अध्यक्षको नाम जोडनले पार्टीको बद्नामी भएको भन्दै आक्रोस समेत पोखेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice