एमाओवादी बैठकमा गृहमन्त्रीको चर्काे आलोचना, फिर्ता बोलाउन नेतृत्वसँग माग

काठमाडौं, २६ मंसिर । भूकम्प पीडितको भ्रमण कोटामा आफ्नी छोरी र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनीलाई चीन भ्रमण पठाउने गृहमन्त्री शक्तिबहादुर बस्नेत चर्काे आलोचनाको डरले पार्टीको केन्द्रीय समिति बैठकमा उपस्थित भएनन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केन्द्रीय सदस्यहरुले चर्काे आलोचना गर्ने संकेत पाएपछि गृहमन्त्री बस्नेत ब्यस्त भएको कारण देखाउँदै बैठकमा उपस्थित नभएको एमाओवादी स्रोतले बताएको छ ।
बस्नेत उपस्थित नभएपनि जारी केन्द्रीय समितिको बैठकमा उनको आलोचना भने कठारुपमा गरिएको छ । उनलाई गृहमन्त्रीबाट फिर्ता बोलाउन एमाओवादी केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वसँग आग्रह पनि गरेका छन् । गृहमन्त्रीले पदको दुरुपयोग गरी पार्टी र अध्यक्षको बदनाम गर्नु भएको छ, उहाँलाई तत्काल कारवाही होस, जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य राजकाजी गुरुडले भने ।
मन्त्री बस्नेतले भूकम्प पीडितको भ्रमण कोटामा आफ्नी छोरी संगम र भतिजी वविता, अध्यक्ष दाहालकी नातिनी प्रतिभा पाठक, सन्ध्या केसी, दृष्टी केसी र स्मिता प्रधानलाई चीन पठाएका छन् ।

One thought on “एमाओवादी बैठकमा गृहमन्त्रीको चर्काे आलोचना, फिर्ता बोलाउन नेतृत्वसँग माग
  1. यस मा गृहमन्त्री को दोस त होला तर सबभन्दा दोसी माओबादी मन्त्रिका पिए छन् । सत्या पहाडी र उनका भतिज, अनि उनिहरु सँगै उठबस गर्ने अर्का मन्त्रीका पिए अर्जुन पाठक, कमरेड प्रचण्डका ज्वाईं । पिए को साँठगाठले प्रचण्ड खुइलिए । तर कुरो यतिमै सकिदैन । जब पत्रिका मा नाम आयो शक्ति र प्रचण्ड दुबैले आफ्ना भुकम्पपिडित (लाज लाग्दो पात्र) नातागोता लाई भ्रमण जान बाट रोक्नु पर्थ्यो । उनले रोकेनन् । मतलब साफ छ, नियत कसैको ठिक हैन, पत्रिका मा आयो बेईज्जत भयो, अब सुनपानी ले चोख्याउन मिटिङ हुदैछ । क. प्रचण्ड नातागोता बाट बचेको दिन तपाई देश को नायक बन्ने कुरा मा शंका छैन । तपाईलाई तपाईका ले नै सक्छन् । तपाई तपाईकाको हरेक काम मा आँखा चिम्लिदिएरै सकिदै हुनुहुन्छ । हामि माओबादीहरु तपाईका घरका मान्छे हरु को ब्यबहार को उत्तर दिन नसक्ने भैसक्यौं । साँचो बोल्दा तपाई र पार्टी को इज्जत धुलिसात हुन्छ । साँचो नबोलम् लाटो ले नि पत्याउदैन, समाज मा मुख लुकाएर हिड्नुपर्छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice