संविधान जारी गर्दा भारतलाई बेवास्ता गरेर गल्ती गरियोः रामचन्द्र पौडेल

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान जारी गर्दा भारतलाई बेवास्ता गरेर गल्ती भएको बताएका छन् ।
नेपाली कांग्रेस कास्कीले पोखरामा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले संविधान जारी गर्दा छिमेकीको कुरा नसुनेकाले दक्षिण चिढिएको र अब फेरि उक्त गल्ति दोहो¥याउनु नहुने बताएका हुन् । मधेसको माग सम्बोधन गर्दा भारतलाई बेवास्ता गर्न नहुने बताउँदै पौडेलले कांग्रेसले ब्यवस्थापिका संसदमा प्रस्तुत गरेको संविधान संशोधन प्रस्ताव नै वर्तमान समस्या समाधानको एकमात्र आधार भएको जिकिर गरे । कांग्रेस उपसभापति पौडेलले प्रचण्डले मधेसवादी नेताहरुसंगको भेटमा ओली मधेसविरोधी भएको स्वीकारिसकेका कारणले यतिबेला ओलीलाई प्रधानमन्त्री बनाउने आफ्नै निर्णयका कारण प्रचण्ड पछुताइरहेको दावी समेत गरेका छन् ।
आगामी महाधिवेशनका लागि घोषणा गरेको उमेद्वारीको बिषयमा प्रष्ट पार्दै उनले देउवा र कोइरालालाई मिलाएर कांग्रेसलाई सक्षम बनाउन आफुले नेतृत्वको दावी गरेको बताए ।  पौडेलले कांग्रेसभित्र नेताले कार्यकर्ताको उचित मुल्याङ्कन गर्ने परिपाटी लोप हुँदै गएकाले आफुले कार्यकर्ताको उचित मुल्याङ्कन गरी सोहि अनुसार जिम्मेवारी सुम्पिने योजनामा रहेको बताएका छन् ।

17 Comments
  1. ए बाजे जे मन लाग्यो त्यही बोल्दै नहिड ।

    1. रामचन्द्र पौडेल ज्यू, हामी अब आफ्नो बुध्दी बिबेक प्रयोग गरेर काम गरऊ, सधैं हरेक काममा छिमेकीको भर नपरौ, अध्ययन लाई संग संगै अघि बढाउँ । भाषण कम गरौँ । बोल्दा देशलाई माथि राखेर बोल्नुपर्छ । दुबै छिमेकी संग बराबरको सम्बन्ध राखौं । – See more at: http://yeskathmandu.com/2015/12/18053#sthash.DftS7y7J.1Ztm4RdC.dpuf

    2. मामाजी !बुढेसकालमा मन्दबुद्धी हुंदै कोपारोतिर हात जान्छ रे !तपॉइ त बि०पी०संग प्रजातन्त्रका आदर्श,मुल्य मान्यता र राष्ट्रिय स्वाधिनता को स्कूलिंग गरेर आम नागरिकलाइ पढाएको नेता हैन र भन्यॉ ?तपॉइले बोकेको र बोकाएको झण्डाको चार ताराको शाब्दिक अर्थ के हो भन्ने बारे बि०पी०संग सोध्नेदिन आएन कि कसो ?यी शब्द साच्चै नै तपाइको नै हो भने तपॉइमाथि दया,माया र ममताले सुझाब दिन चाहान्छु,तंपाइले जे जति ऐश्वर्य यश आर्जन गर्नुभएकोछ,बेफजुलमा ह्रास हुन नदिनुस,देबघाटधाममा भगवत तिलक लगाएर तुलसी माला लिइ कण्ठीमाला लगाइ ध्यानपूर्वक आराध्यदेवको जप पाठ तपस्या गरेअर्कों जन्ममा नेपाल रहे प्रधानमन्त्री हुनुहोला।यो जन्ममा प्रधानमन्त्री शेरेबाट कुनै हालतमा आशा नगरे हुन्छ !

  2. नेपाल का Political Leader हरुलाइ ‘कुकरको पुच्छर बाह्र बर्ष ढुङ्ग्रामा राख्दा पनि कहिलै सोझीएन’ भने जस्तै हो … जनताको नामको हवाला दिंदै सधै नेताको पगरी भिरेको भरमा भारतीय शाशकहरुबाट दुधको तर मार्न पाइ रहुन्जेल उनीहरुबाट नेपाल राष्ट्रको हीतमा कुनै स्वाभिमानी बिचार सुझ्न अथवा विद्वत बर्गको सुझाव पच्न अशंभव नै छ … मधेस आन्दोलनको नाममा India बाट नेपालले पाएको कष्टकर र अमानबिय ब्यबहार देख्दा देख्दै, जनताले भोग्दै नभोगे जसरि छिमेकीको धुर्त चंगुलबाट कसरि बाहिर निस्कने भन्दै एकजुट हुनु त कता हो कता, नेपालि कांग्रेसका नेता रामचन्द्र पौडेलले “नेपालको संबिधान जारि गर्दा भारतलाइ बेवास्ता गरेर गल्ति गरियो” भन्दै Indian शाशकहरूकै पक्ष पोषण गर्न न हिचकिचाई गुनासो गर्नु भएको …l तसर्थ, जब सम्म नेताहरुको आँखामा लागेको भा.रु. नोटको लालचको पट्टि उघ्रिदैन तबसम्म हाम्रो देशको हालत कदापि बद्लिदैन …

  3. रामचन्द्र पौडेल ज्यू, हामी अब आफ्नो बुध्दी बिबेक प्रयोग गरेर काम गरऊ, सधैं हरेक काममा छिमेकीको भर नपरौ, अध्ययन लाई संग संगै अघि बढाउँ । भाषण कम गरौँ । बोल्दा देशलाई माथि राखेर बोल्नुपर्छ । दुबै छिमेकी संग बराबरको सम्बन्ध राखौं ।

  4. वाह्र वर्ष रामायण पढ्यो सिता कस्की छोरी भने जस्तै काङ्ग्रेस ले पनि अव पोल खोल्न थाल्यो । पौडैलको कुरालेत काङ्ग्रेस को ? भन्ने वतायो त साथी हो !

  5. NC should be banned first like Mahendra did. Its current leaders are India inclined. Replace these old thugs first and promote party, else NC will be history. People praised BP for his love for the country when he returned back to Nepal from India against its high handedness even when his neck was at stake, but current leaders whine and dine with Indians. And lo! here is a stooge to prove my reading of the party.

  6. रामचंद्र र शेर बादुरले नेपाली जनता नदेखने भारतीय औषधि खायछन । अब यी बाट नेपालकै भलो नहुने भएपछी के बांकि रह्यो खै ?

  7. अब सम्भिधान सन्सोधन मा 60 उमेर नाघेका लाइ नेता तथा कुनै पनि सरकारी , सार्वजनिक पद् मा बस्न नपाउने गर्नु अति आवश्यक भाइस्क्यो

  8. नेताहरु नै भारतिय भयपछी नेपाली जनताको मागलाई सम्बिधानमा कसरी राक्छ र ? यस्ता दलाल नेताहरु बात जनताले के आशा गर्ने ?

  9. पुरानो गतिलो भन्ने लाग्थ्यो त्यो पनि मेटियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice