झलनाथ र बामदेवलाई बयानमा बोलाउने अख्तियारको तयारी

काठमाडौं, २३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एमाले प्रभावशाली नेताहरुलाई पनि अकुत सम्पति आर्जनमा तान्ने तयारी गरेको छ । २९ पूर्वमन्त्री, सांसद, पूर्व प्रहरी अधिकारी र पूर्व प्रशासकहरुलाई बयानका लागि बोलाए लगतै अख्तियारले एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्ष तथा पूर्वगृहमन्त्री बामदेव गौतमलाई पनि बयानका लागि बोलाउने तयारी गरेको अख्तियार स्रोतले बताएको छ ।
अख्तियारले अकुत सम्पति आर्जन गरेको अभियोगमा एमालेका नेताहरुलाई बढि निशाना बनाउन थालेको छ । हाल पत्र काटिएका २९ जनाको बयान सकिए लगतै, खनाल, गौतम, पूर्व उर्जामन्त्री राधा ज्ञवाली, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पत्नी तथा पूर्वमन्त्री हिसिला यामीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ ।
गम्भिर विरामी परेर हाल थाइल्याण्डमा उपचार गराईरहेका एमाओवादी सचिव बर्षमान पुनलाई पनि अख्तियारले पत्र काट्ने तयारी गरेको छ । पुनलाई २९ जनासँगै पत्र काट्ने तयारी गरेपनि उनी गम्भिर विरामी परेका कारण पत्र नकाटेको स्रोतले बताएको छ । पूर्वअर्थमन्त्री समेत रहेका पुन गम्भिर विरामी परेपछि उपचारका लागि दिल्ली लगिएको थियो । दिल्लीबाट थप उपचारका लागि उनलाई थाइल्याण्ड लगिएको छ ।
अख्तियारले एमाले नेताहरुलाई निशाना बनाउन थालेपछि एमालेभित्र बहस सुरु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली मौन बसेपनि नेता माधव नेपाल पक्षधरले भने आन्तरिक र बाह्य छलफल सुरु गरेका छन् । सोमबार एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र एमाओवादी महासचिव कृष्णबहादुर महराले अख्तियारको पत्रका बिषयमा छलफल गरेका छन् । एमाले संसदीय दलको कार्यालय अख्तियारद्धारा बयानका लागि बोलाएका एमाले र एमाओवादीका नेताहरुले सामुहिक छलफल गरेको स्रोतले बताएको छ ।
एमालेले आफ्ना नेताहरुमाथी अख्तियारले बद्नियतपूर्वक पत्र काटेको ठहर गर्दै सामुहिक जवाफ दिने निर्णय गरेको छ । कुनै शक्ति केन्द्रको आडमा एमालेलाई विभाजन र पार्टी नेताहरुलाई बद्नाम गर्न अख्तियारले पत्र काटेको ठहर एमालेको चितवन भेलाले गरेको छ ।

2 Comments
  1. भ्रस्टचारी बिरुद्धको कारवाहीमा समस्त स्वाभिमानी जनताहरु एक हुँदै यक्यबद्धता जनाउ ….

  2. सबै भन्दा पहिला यी राष्ट्रघाती दलाल एमाले कांग्रेस माओबादी जसले बिदेशीको डलर र आईसि नोट खाएर देशलाई बिदेशी र विधर्मीको दास बनाउँदै छन् तिनलाई मामाघर पठाउ त्यस पछी तिनै दलालले भर्ना गरेका भ्रष्ट कर्मचारीलाई मामाघर पठाउ तिनीहरु त्यहिँ टिकाटालो गरेर बसुन ! जय नेपाल ………

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice