दिल्लीमा मधेसबादी दलका नेताहरु निराश, मोदी भेटको पर्खाइमा

काठमाडौं, २२ मंसिर । भारतीय नेताहरुले नेपालका तीन ठुला दलले बनाएको साझा धारणामा सहमत हुन मधेसी मोर्चाका नेताहरुलाई आग्रह गरेका छन् । भारतीय संस्थापन पक्षको अप्रत्यक्ष सहयोगमा मधेसबादी दलले नेपालमा आन्दोलन गरेको भन्दै अन्तराष्ट्रिय समुदायले दवाव दिएपछि सहमतिको बाटो रोज्न विदेशमन्त्री सुष्मा स्वराजले आग्रह गरेकी छिन् ।
तीन दलले बनाएको साझा धारणामा सहमत हुन भारतीय संस्थापन पक्षले आग्रह गरेपछि मधेसबादी दलहरु दिल्लीमै समस्यामा परेका छन् । साढे तीन महिने आन्दोलनको ‘फेस सेविङ’ पनि नहुँने भएपछि मधेसबादी दलका नेताहरु समस्यामा परेको दिल्लीस्थित नेपाली पत्रकारहरुले बताएका छन् ।
नेपाल मामिलाका जानकार मानिने भारतीय नेता र नेपालका लागि भारतीय पूर्वराजदुतहरुसँग मधेसी दलहरुले भेट गरिसकेका छन् । सवैले आन्दोलनको बाटो छोडी संवादबाट समस्या सुल्झाउन आग्रह गरेपछि उनीहरु समस्यामा परेका हुन् । आन्दोलनमा भारतले पूर्ण सहयोग गर्ने आशमा रहेका मधेसबादी दलका नेताहरु दिल्ली पुगेपछि निराश भएका छन् ।
मधेसबादी दलका नेताहरुले आज भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने भएका छन् । मोदीलाई भेट्नु अघि उनले भारतीय विदेश सचिवसँग भेट गरेका छन् । मोदीसँगको भेटपछि उनीहरु नेपाल फर्किने र साझा धारणा बनाउने तयारीमा रहेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice