bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/12/17771 ) ) )

आरक्षण र समावेशितामा पुनरावलोकन हुनुपर्छः लोहनी

काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले राज्यले दिएको आरक्षण र समावेशितामा तत्काल पुनरावलोकन हुनुपर्ने माग गरेका छन् । लोहनीले हाल लिइएको आरक्षण र समावेशिकरणको नितीले आरक्षणमा उपल्लो वर्गकै हालिमुहाली रहेको जिकिर गरेका हुन् । आरक्षण मानव विकास सुचकांकका आधारमा प्रदान गर्नुपर्ने बताएका उनले मधेसी नै भएपनि मुसहर र मारवाडीको अवस्थामा आकास जमिनको फरक रहेको उल्लेख गरे । त्यस्तै थकाली र नेवार  जनजाती भएपनि उनीहरुको आर्थीक सामाजिक विकास धेरै अगाडी रहेको बताएका लोहनीले पहाडी र मधेसी बाहुनको मानव विकास सुचकांक उस्तै भएकाले राज्यले मधेसीलाई विभेद गरेको भन्नु तर्कसंगत नभएको ठोकुवा गरे । लोहनीले हालको समावेशिता र आरक्षणको नितीले सकारात्मक विभेदको नितीलाई आत्मसात नगरेका कारण यसमा तत्काल परिमार्जन हुनुपर्ने लोहनीको मत रहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice