कारवाहीको त्रासमा निगम निर्देशक बैठकमै गएनन्

काठमाडौं, १८ मंसिर । नाकाबन्दीको बेला इन्धनमा संस्थागत कालोबजारी गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खडका सञ्चालक समितिको बैठकमा अनुपस्थित भएका छन् ।
केही समयअघि सञ्चालक समितिले उनीलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा चित्त नबुझेपछि समितिले कारवाहीको तयारी थालेको थियो । कारवाहीको त्रासमा उनी बैठकमा उपस्थित भएनन् ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अध्यक्ष रहने सञ्चालक समितिले भारतीय नाकाबन्दीपछि पेट्रोलियम वितरण र कालोबजारीमा खड्काको संलग्नताको आशंका गर्दै बिहीबार बैठक बोलाएको थियो ।
समितिले कारबाही गर्ने सम्भावना देखेपछि खड्का बैठकमा नआई दिउँसोदेखि नै सम्पर्कमा नरहेको मन्त्रालयको उच्च स्रोतले जानकारी दियो। समितिले अघिल्लो शुक्रबार भारतको नाकाबन्दीपछि पेट्रोलियम पदार्थ आयात र बिक्रीवितरणमा भइरहेको अनियमितता, कालोबजारीलगायत कार्यकारी निर्देशक खड्काको संलग्नताबारे’ स्पष्टीकरण सोधेको थियो।
खड्काले पठाएको जवाफ चित्तबुझ्दो नदेखिएको र थप जानकारी लिनुपर्ने देखिएपछि बिहीबार बैठक डाकिएको थियो। खड्काले पठाएको जवाफमा धेरै सत्यता नदेखिएपछि समितिले बैठकको मिति तोकेको थियो तर खड्का आफू कारबाहीमा पर्ने थाहा पाएपछि समितिले बोलाएको बैठक बहिस्कार गरेको स्रोतको दाबी छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice