सरकारविरुद्ध प्रदर्शनमा उत्रियो कांग्रेस

काठमाडौं, १६ मंसीर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस काठमाडौं जिल्लाको आयोजनामा भएको प्रदर्शनमा सरकार कालोबजारीलाई नियन्त्रण गर्न र मधेस आन्दोलनलाई सम्बोधन गर्न असफल भएको भन्दै नाराबाजी गरिएको छ । ‘अधिकार, न्याय र शान्तिका लागि दबाव र्याली’ नाम दिइएको उक्त प्रदर्शन शान्तिबाटिकाबाट सुरु भइ भोटाहिटी, इन्द्रचोक, भद्रकाली हुँदै पुन शान्तिबाटीकामा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका काठमाडौं जिल्ला सभापति भीमसेन दास प्रधानले मुलुकमा आइपरेको गम्भिर संकटको समयमा सरकार उपप्रधानमन्त्री थप्न व्यस्त रहेको बताएका थिए । प्रधानले सरकारको  उक्त कार्यलाई ‘रोम जलिरहेको छ, सरकार सुतिरहेको छ’ भनेजस्तै भएको टिप्पणी गरे । त्यस्तै नेपाली कांग्रेसका युवानेता गगन थापाले नेपाली राजनीति ६६ बर्षदेखि एउटै चक्रमा घुमिरहेको स्मरण गर्दै सरकारको गैरजिम्मेवारीकै कारण जनताहरु संविधानविरुद्ध थप आक्रोशित भएको बताए ।

One thought on “सरकारविरुद्ध प्रदर्शनमा उत्रियो कांग्रेस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice