लियोनेल मेस्सी ला लिगाको उत्कृष्ट खेलाडी घोषित

बार्सिलोना, १५ मंसीर । बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सी स्पेनिस ला लिगाको उत्कृष्ट खेलाडी घोषित भएका छन् । छैटौं पटक उक्त अवार्डमाथि कब्जा जमाउन सफल मेस्सीले स्पेनिस ला लिगाको सन् २०१४–१५ सिजनका उत्कृष्ट खेलाडीको रुपमा बाजी मारेका हुन् । सोमबार राती बार्सिलोनामा एक भव्य कार्यक्रमका बिच वितरण गरिएको एलएफपी अवार्ड वितरण कार्यक्रममा मेस्सीले आफ्नो अवार्ड छोरा थियागोलाई समर्पित गरेका थिए । उत्कृष्ट खेलाडी संगै उत्कृष्ट फरवार्डको समेत अवार्ड हात पारेका उनले गत सिजनमा ४३ गोल गर्नका साथै १८ एसिस्ट गरेका थिए । बार्सिलोनाका प्रशिक्षक लुइस एनरिकेले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका थिए भने क्लाउडियो ब्राभो पनि उत्कृष्ट गोलकिपर घोषित भए । त्यस्तै उत्कृष्ट डिफेन्डर र मिडफिल्डरको उपाधि क्रमशः रियल म्याड्रिडका सर्जियो रामोश र हामेज रोड्रिगेजले हात पारे ।
नेयमार उत्कृष्ट अमेरिकन खेलाडी बने भने भ्यालेन्सियाका सोफियान फेगोली उत्कृष्ट अफ्रिकन खेलाडी घोषित भए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice