bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/11/17203 ) ) )

संविधानको भ्रम चिर्न कांग्रेस, एमाले र एमाओवादीले देशभर संयुक्त कार्यक्रम गर्ने

काठमाडौं, ७ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित बसेको सत्तारुढ दलको बैठकले मधेसी मोर्चाको सहमतिमा संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलिय बैठकले समानुपाति समावेशीताको सुनिश्चिता  र कम्तिमा एक जिल्लामा एक निर्वाचन क्षेत्र रहने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्ने गरी दर्ता भएको संशोधन प्रस्तावलाई मधेसी मोर्चाको सहमतिमा अघि बढाउने निर्णय भएको छ ।
‘मधेसी मोर्चाको सहमतिमा संविधान संशोधन प्रस्ताव अघि बढाउने आज सर्वदलिय निर्णय भएको छ’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने ‘पहिले दर्ता भएको संशोधन प्रस्तावमा पनि हेरफेर हुनसक्छ ।’
सर्वदलिय बैठकले संविधानका बिषयमा जनतामा भ्रम परेकोले त्यसलाई निराकरण गर्न संयुक्तरुपमा कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । हिमाल, पहाड र तराईका सवै जिल्लामा ठुला दलहरुले संयुक्तरुपमा संविधानका बारेमा जानकारी दिन कार्यक्रम गर्ने भएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice