औषधी ल्याउन र बिद्यालय सञ्चालन गर्न दिने मधेसी मोर्चाको निर्णय

काठमाडौं, ३ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस क्षेत्रमा बिद्यालय, कलेज विहान खोल्न दिने र औषधी पनि विराटनगर नाकाबाट आउन दिने निर्णय गरेको छ ।
देशभर औषधीको समस्या भइरहेका बेला मोर्चाले औषधी र मेडिकलसँग सम्बन्धीत उपकरणहरु आउन दिने निर्णय गरेको बिज्ञप्ती मार्फत जानकार दिएको छ ।
सिंहदवारमा बसेको मधेसी मोर्चाको बसेको बैठकले विहानको समयमा बिद्यालय र कलजे सञ्चालन गर्न दिने निर्णय गरेको छ । स्वाथ्य उपचारलाई गम्भीरतापूर्वक लिई मानवताको नाताले औषधि, अक्सिजन र स्वास्थ्यसम्वन्धि उपकरणहरुलाई  विराटनगर सीमा नाकाबाट ल्याउन दिने र सो कार्यलाई सहयोग गर्ने निर्णय गरेका छौ’ मोर्चाले बिज्ञप्तीमा भनेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice