एमाओवादीले समालेका मन्त्रालयमा ज्वाईदेखि श्रीमतिसम्मको रजाँई

काठमाडौं, ३ मंसिर । एकीकृत नेकपा माओवादीले मन्त्रीका नातेदारलाई कुनैपनि पदमा नियुक्त नगर्ने निर्णय गरेपनि मन्त्रालयहरुमा भने नातेदार भरिएका छन् ।
केपी ओली नेतृत्वको सरकारमा सहभागि भएका एमाओवादीका ८ मन्त्रीले आफ्ना कुनैपनि नातेदारलाई प्रत्यक्ष, अप्रत्यक्षरुपमा स्वकीय सचिव तथा सल्लाहकार नियुक्त नगर्ने घोषणा गरेका थिए । घोषणा गरेका मन्त्रीहरुकै नातेदारले मन्त्रालय भरिएको छ । एमाओवादीले पाएका ८ मन्त्रालयमा श्रीमतिदेखि ज्वाईसम्म रजाई सुरु भएको छ ।
गृहमन्त्रालयमा  शक्तिबहादुर बस्नेतकी श्रीमतिदेखि आफ्न्तको हालीमुहाली सुरु भएको छ भने, आपूर्तिमन्त्री गणेशमान पुनको स्वकीय सचिवमा प्रचण्डका ज्वाई अर्जुन पाठक नियुक्तका छन् । कृषिमन्त्री हरिबोल गजुरेलसँग उनका ज्वाइँका ३ भाइ नै लाग्ने लागेका छन् । हरिबोलका ज्वाइँ झक्कु सुवेदीका छोरा हुन् । हरिबोलका तर्फबाट डिल गर्ने काममा ज्वाइँहरू नै अगाडि देखिने गरेको जनआस्था साप्ताहिकले केही समयअघि समार लेखेको थियो ।
सामान्य प्रशासन मन्त्रालय र मन्त्री क्वार्टरमा मन्त्री रेखा शर्माको भन्दा बढी सक्रियता श्रीमान् कृष्णध्वज खड्काको देखिएको छ । खड्काले मन्त्रीको स्वकीय सचिवमा भट्टराई थरका जिल्लावासीलाई नियुक्त गरेका छन् ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जागृत रायमाझीसहित एमाओवादीमा पूर्व एकताकेन्द्रबाट आएकाहरूलाई सचिवालयमा भरेका छन् । उप तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, बनमन्त्री अग्नि सापकोटा, सिञ्चाइमन्त्री उमेश यादवले पनि आफ्नै नगिचका नातेदारलाई मन्त्रालयका काममा खटाएका छन् ।

5 Comments
  1. पाटिकाे निणनय बिपरित काम भयाे।पाटिले एउटा निणनय गरछ मनतिरिहरुले पाटिनिति रनिणनय बिपरित काम गरछ।याे निनदनिय कारय भयाे।याे ततकाल राेकिनु परछ।पाटिमा यसता मानछे हरुकाे हाबि भयकाे कारणले नै पाटिमा समसया टुटफुट र दुरघटना जसता समसया भयकाे छ र पाटिले भाेगनु परेकाे छ।केनदरमा एउटा निणनय अनि मनतिरि हरुकाे चाहिँ अाफनाे हालिमुहालि भयाे।याे उचित कारय भयन।

  2. शिक्षामन्त्री पोखरेलले त आफ्ना भाई ईन्द्रमणी पोखरेलला२ नियुक्ति गरेर उठ्तिपुठ्तिमा लगाएको खवर छ नि त।

  3. शिक्षामन्त्री पोखरेलले त आफ्ना भाई ईन्द्रमणी पोखरेललाई नियुक्ति गरेर उठ्तिपुठ्तिमा लगाएको खवर छ नि त।

  4. देशमा ब्याप्त भ्रस्टाचार, कमिसन तन्त्र, लुट तन्त्र, कालो बजारी र बिकाश बाधकका नाइके खोज्न र पहिचान गर्न कोहि कसैबाट लुकेको वा छुपेको अवस्था छ र नेपालमा …? उनीहरुकै प्रशिक्षणमा नेता होस् वा कर्मचारी, माफिया हुन् वा कार्यकर्ता, ब्यापारी हुन् वा गरि खाने, माथि देखि तलसम्म संरक्षण पाउदै जरा हाली गांजी सकेको हुनाले यसबाट पार पाउन अब त स्वयं शिव जी वा अल्लाह वा प्रभु जो प्रकट भए पनि नेपालको अवस्था सुध्रन्छ अथवा सुधार्छन भन्ने कदापि नसोचे हुन्छ l

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice