नाकाबन्दीको प्रतिकार गर्ने चुरे भावरको घोषणा

सर्लाही, १ मंसीर । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले भारतले गरेको नाकाबन्दी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा सिमामा गरिएको अवरोधको प्रतिकार गर्ने घोषणा गरेको छ । सोमबार सर्लाहीको लालबन्दीमा सामाजिक एकता कायम गरिनुपर्ने, राष्ट्रियताको रक्षा गरिनुपर्ने, नाकाबन्दी तत्काल खोलिनुपर्ने र चुरे भावर प्रदेश सुनिश्चित गरिनुपर्ने लगायतका माग सहित चुरे भावरले प्रदर्शन गरेको हो । हाल आन्दोलनरत मधेसी मोर्चाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरुको गृहजिल्लामै प्रदर्शन गरेको चुरे भावरले सरकारसंग २०६४ सालमा भएको नौ बुंदे सहमति अनुसार चुरे पहाड तलको समथल भुभागलाई चुरे भावर प्रदेश घोषणा गरिनुपर्ने माग राखेको छ । सोमबार सर्लाहीको लालबन्दीमा ¥यालीसहित विरोध प्रदर्शन गरेको चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्रि न्यौपानेले कसैको तागत भए आफ्नो आन्दोलन रोकेर देखाउन समेत चुनौति दिएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice