आइतबारदेखि निजी विमान कम्पनीका आन्तरीक उडान बन्द हुने

काठमाडौं, २० कात्तिक । भारतले गरेको नाकाबन्दीका कारण हवाइ इन्धन अभाव भएपछि निजी विमान कम्पनीका आन्तरीक उडान बन्द हुने भएका छन् ।
आइतबार देखि निजी कम्पनीका  आन्तरीक हवाइ उडान बन्द हुने नेपाल आयल निगमका हवाइ इन्धन डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए । निजी कम्पनीका आन्तरीक उडान बन्द भएपनि सरकारी ध्वजाबाहक नेपाल एयरलाइन्सको उडानभने बन्द नहुने यादवले बताए । भारतले गरेको नाकाबन्दीका कारण इन्धन अभाव भएपछि यसअघि नै नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानलाई इन्धन उपलब्ध गराउन बन्द गरिसकेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice