वीरगन्ज नाकाबाट प्रहरीले आन्दोलनकारी धपायो, यातायात सुचारु

काठमाडौं, १६ कार्तिक । ७० दिनदेखि नेपाल–भारत सीमा नाकामा अवरोध पुरयाउँदै आएका मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले हटाएको छ । वीरगञ्ज नाकालाई अवरोध गर्न मितेरी पुलमा धर्ना बसेका मोर्चाका कार्यकर्तालाई प्रहरीले सोमबार विहान हटाएको हो ।
धर्नामा बसेका आफ्ना कार्यकर्तालाई प्रहरीले हटाएपछि मधेसी मोर्चाले वीरगञ्जमा प्रर्दशन गरेका छन् । मोर्चाका कार्यकर्ताले मोटरसाइकलसम्म चल्न दिएका छैनन् । तर मितेरी पुल भने अहिले प्रहरी नियन्त्रणमा रहेको छ ।
सोमबार विहान ५ बजे प्रहरीले आन्दोलनकारीलाई धपाएपछि वीरगन्ज नाका सुचारु भएको छ । महिनौदेखि थक्किएका १५० भन्दा बढि भारतीय गाडीहरु भारत प्रवेश गरेका छन् । अन्य कयौ गाडीहरु आवत–जावत गर्न थालेको पर्सा प्रहरी प्रमुख राजुबाबु श्रेष्ठले बताए ।
प्रहरीले पाँच आन्दोलनकारीलाई नियन्त्रणमा पनि लिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice