सरकार र मोर्चाबिचको वार्ता निश्कर्षविहिन

काठमाडौं, १५ कात्तिक । सरकार र मधेसी मोर्चाबिचको वार्ता बिना निश्कर्ष टुंगिएको छ ।
तिनकुनेमा रहेको फोरम लोकतान्त्रिकको केन्द्रिय कार्यालयमा करिब एक घण्टा चलेको वार्ता कुनै निश्कर्षमा नपुगी टुंगिएको हो । आजको वार्ता निर्णायक हुने भनिएपनि सरकार र मोर्चा आ–आफ्नै अडानबाट टसको मस नभएपछि वार्ता निश्कर्षविना नै टुंगिएको थियो । वार्तापछि सञ्चारकर्मीसंग कुरा गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सिमाङ्कनमा गएर वार्ता अड्किएको बताए । उनले सिमाङ्कनको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंग छलफल गरि सरकारले सहमति जुटाउने प्रयास गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice