स्थानीय विकासमन्त्री नपाए राप्रपा नेपाल आजैदेखि सरकारबाट बाहिरिने

काठमाडौं, १५ कार्तिक । स्थानीय विकास मन्त्री नपाए सत्ता गठबन्धनको तेस्रो दल राप्रपा नेपाल आजैदेखि सरकारबाट बाहिरिने भएको छ । आइतबार विहान बसेको राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समितिको अनौपचारिक बैठकले स्थानीय विकास मन्त्रालय नपाए सरकारबाट बाहिरिने निर्णय गरेको सम्पादन समितिका सदस्य मनोज प्रधानले बताए ।
एमाले र एमाओवादीसँग भएको ‘भद्र सहमति’ कार्यान्वयन नभए आजैदेखि सरकारबाट बाहिरिने निर्णय राप्रपा नेपालले गरेको छ । यसअघि उपप्रधानसहित परराष्ट्र, स्थानीय विकास र अर्काे एक मन्त्रालय दिने गरी भद्र सहमति भएको राप्रपा नेपालले दावी गरेको छ ।
‘पूर्व सहमति एमाले र एमाओवादीले तोड्दैनन भन्ने हाम्रो विस्वास हो’ केन्द्रीय कार्यसम्पादन समितिका सदस्यसमेत रहेका प्रधानले भने ‘सहमति पालना नभए सरकारबाट आजैदेखि बाहिरिने निर्णय भएको छ ।’
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले स्थानीय विकास मन्त्रालयसहित १० मन्त्रालय एमालेको जिम्मामा रहेको पार्टी पदाधिकारी बैठकमा राखेपछि राप्रपा नेपाल सशंकित बनेको छ । राप्रपा नेपाललाई उपप्रधानसहित परराष्ट्र, स्थानीय र बाँकी अर्काे गरी तीन मन्त्रालय दिने सहमति भएको प्रधानले बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice