उपराष्ट्रपतिमा सत्ता गठबन्धनका नन्दकिशोर पुन पासाङ बिजयी

काठमाडौं, १४ कार्तिक । सत्ता गठबन्धनका उम्मेद्धार नन्दबहादुर पुन उपराष्ट्रपति पदमा निर्वाचित भएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उम्मेद्धार अमियप्रसाद यादवलाई हराउँदै पुन उपराष्ट्रपति बनेका हुन् ।
ब्यवस्थापिका संसदमा शनिवार भएको मतदानमा ५४७ मत खसेको थियो । खसेको मत मध्ये पुन ३२५ प्राप्त गरी बिजयी भएका छन् । उनका निकतटम प्रतिद्धन्दी कांग्रेस उम्मेद्धार यादवले २१२ मत प्राप्त गरे । खसेको मतमा १० मत बदर भएको छ ।
मतदान हुनुभन्दा पहिले पुनका पक्षमा मत खस्न नसक्ने आंकलन एकीकृत नेकपा माओवादीले गरेको थियो । एमाले र अन्य सत्ता गठबन्धनसँग सम्बन्धीत दलले धोका दिन सक्ने आशंका गर्दै एमाओवादी अध्यक्ष दाहालले पुन पराजित भए सरकारबाट बाहिरिने चेतावनी समेत दिएका थिए ।
नेपाली सेनाले पुनलाई उपराष्ट्रपति नबनाउन प्रधानमन्त्री केपी ओलीलाई दवाव दिएपछि एमाओवादी सशंकित भएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice