केपी, झलनाथ, माधव र बिद्याले ७ करोड रकम लिएको राज्यलक्ष्मी गोल्छाको संगिन आरोप

सर्वत्रबिरोधका बाबजुत एमालेबाट समानुपातिक सभासद् बनेकी राज्यलक्ष्मी गोल्छाले राष्ट्रपति बिद्याले २५ लाख, प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले ५ करोड, झलनाथ खनाल र माधव नेपालले १०\१० लाख लिएको संगिन आरोप लगाएकी छिन् ।

काठमाडौं, १४ कार्तिक । सर्वत्र विरोधकाबीच समानुपातिक सभासद् बनाइएकी विराटनगरकी राज्यलक्ष्मी गोल्छाको सार्वजनिक बयानले एमालेभित्र ठुलै रेक्टर स्केलको भूकम्प गएको छ । हाल राष्ट्रपति बनेकी बिद्यादेवी भण्डारीदेखि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाललगाएत युवासंघका कार्यकर्तासम्म आफुले ७ करोड रकम दिएको राज्यलक्ष्मीले खुलासा गरेपछि एमालेमा भूकम्प गएको हो ।
कार्यकर्ताको सर्वत्रबिरोध हुँदा हुँदै राज्यलक्ष्मीलाई एमाले अध्यक्ष ओलीको जोडबलमा समानुपातिक सभासद् बनाईएको थियो । तीनै सभासद् राज्यलक्ष्मीले एमाले नेताहरुलाई करोडौ रकम दिने गरेको बताएकी छिन् । गोल्छाले एमाले अध्यक्ष ओलीका नाममा ५ करोड, राष्ट्रपति  बिद्यादेवी भण्डारीलाई २५ लाख, नेता नेपाललाई १० लाख, वरिष्ठ नेता झलनाथ खनाललाई १० लाख दिएको उनले सार्वजनिक सञ्चारमाध्यममा बताएकी छिन् ।
गोल्छाले १ करोड ६५ लाख आफुखुसी एमालेलाई दिएपनि अन्य पैसा भने धम्किको भरमा लिने गरेको संगिन आरोप पनि लगाएकी छिन् । उनले युवासंघसँग आबद्ध कार्यकर्ताहरुले नेताहरुको नामबाट धम्क्याएर रकम लिने गरेको बताइन ।
राज्यलक्ष्मीले ठुलो रकम एमाले शिर्ष नेतादेखि कार्यकर्ताले धम्किको भरमा लिने गरेको बताएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन थालिसकेको छ । अख्तियारले छानविन थालेपछि एमाले नेताहरुले पनि आन्तरिक छानविन थालेका छन् ।
राज्यलक्ष्मीले संगिन आरोप लगाउँदासम्म मौन रहेको एमाले नेतृत्वले शनिवार औपचारिकरुपमा प्रतिक्रिया दिएको छ । एमाले सचिव प्रदीप ज्ञवालीले राज्यलक्ष्मीले लगाएका आरोपप्रति गम्भिररुपमा छानविन गरिरहेको पनि बताएका छन् । उनले राज्यलक्ष्मीलाई कारवाही गर्ने संकेत गर्दै उनले समानुपातिक सभासद्को भूमिकामा गम्भिर लापरवार्ही गरेको पनि बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

33 Comments
  1. गोल्छा जी, हजुरले ठूलो आँट देखाउनु भएछ, यसको लागि धन्यवाद !
    तर आरोप मुखले लगाउनु र प्रमाणित गर्नु अलग अलग पाटो हो, यसलाई प्रमानी गरेर देखाइदिनुहोस, हामी यहाँको आभारी हुनेछौं !
    अन्यथा यहाँले जस्तो घर बसी बसी मात्र हैन काठमाण्डौको खुला मंचमै गएर धेरैले धेरै माथि आरोप लगाए जसको केहि अर्थ रहेन र गोल्छा जीको आरोपको पनि आफैलाई हानी बाहेक अर्थ नरहला !

    1. साच्चिकै हाे भने के हुन्छ हाेईनभने के हुन्छ ?

  2. yetro paisa diyer sansad banne ke ko lagi bhrastachaar garnako lago hoina? yo aimaai yek 1 no bhrastachari ho yeslaai sab bhandaa kaarbahi hunu parchha

  3. साच्चिकै हो कि त्यतिकै गलत प्रचार गर्दै हुनु हुन्छ कि पैसा दिएर कसैले पिछाडी बाट पएट लगाउदैछ जहिले पनि सत्यको जित हुन्छ थाहा छ साच्चो हो भने प्रमार्ण सहित बाहिर ल्याउनुस कानुन सबैको लागि बनेकी हो कसैको प्यावा हैन सत्यनै हो भने कार्वाही हुन्छ यदि झुठो आरोप मात्र हो भने कटघरामा तपाइलाइ निश्चित हो

    1. tetro thulo party lai tettikai Aarop launu sarai parla,kamai aat Aaula,,,satte ra parman bhayera nai tetti ko saarbajani rupmai bahira niskane aat gare ko hunu parchh,,,,khukhaar rastra badi haru po kayapalat,,,

    2. tetro thulo party lai tettikai Aarop launu sarai parla,kamai aat Aaula,,,satte ra parman bhayera nai tetti ko saarbajani rupmai bahira niskane aat gare ko hunu parchh,,,,khukhaar rastra badi haru ko kayapalat,,,

  4. “Ghus line dine dubai deshka satruhun…” thaha holani yo kasko vanai ho netaji.k garne SABHASAD banna tanna ghus dinu vo ahile aayar CHILAI mettiya jasto xa ni.

  5. यो आरोपमात्रहो जनताको मतले पो सभासद हुनेहोत पैसा दिएर साँसद पद भ्र्रष्टचार गरौला भनेर किन्नेबेलामा किन्यो अब पार्टि र नेताहरुको बदनाम गर्ने अधििकार छैन गोल्छाको गोल्छाकै कुरागर्नेहोभने राज्यलाई तिर्नुपर्ने कर अहिले सम्मको हिसाबमा अरबौँ कर छलिभएकोछ।

  6. यो बेबकुफ नेता हो भन्ने प्रमाणीत गराउदैछे।।। सभासद भएर कालो धनलाई सेतो बनाउने चक्करमा जे पनि गरि अहिले जे पायो त्यही ,,,,,,

  7. If Rajya Laxmi is publicly committing it, why not the Nepal Police should arrest her immediately and put into jail on bribing charge. She is also equally accountable for what she did. All of them should be treat according to the law of the land.

  8. Neta harule manxe chinna nasakda partii lainai asarparxa yo aimai bharatle paleko dalal ra bharariya sino khane kukurni ho ramro chinuhos

  9. सभासद गोल्छा ज्यु ले १ करोद ६५ लाख मा चै सभासद पद किन्नु भाको रहेछ ।हजुर को भनाइ मा अरु चाहिँ रास्तबाद भयछ

  10. अाराेप संगीन छ । अाराेप गर्ने राज्यलक्ष्मी गाेल्छाजी तपार्इं घुस दिएकाे सबुत प्रमाण दिनुहाेस्। पहिलाेपटक यस प्रकरणमा झलनाथ खनालकाे नाम मात्र लिनुभएकाे थिथाे , अाज अाएर केपी अाेली , विद्या भण्डारी , माधव नेपालकाे नाम समेत थपिंदा गम्भीर डिजाइज पाे हाे कि भन्ने मलार्इ लागेकाे छ । हुन त समानुपातिकबाट सांसद् हुने अरूपनि थुप्रै व्यक्ति शंकाका घेरामा छन् । याे प्रमाणित भयाे भने नेकपा एमालेकाे छवि त रसातलमा पुगिहाल्छ , अरू पार्टीहरूलार्इ पनि त्यसकाे छाराेले घायल पार्ने निश्चित छ । एमालेका अरू नेताका विषयमा टिप्पणी नगराैं , माधव नेपाल चाहि अाजकाे मितिसम्म मलार्इ निष्कलंक र स्वच्छ छविका नेता लाग्दछन् । याे अाराेप प्रमाणित भयाे भने म अाफ्नाे साेचाइलार्इ सच्याउने छु । तर गाेल्छाजी तपार्इंले कसैले पयट लगाएकाे भरमा यस्ताे अाराेप लगाउनुभएकाे हाे भने तपार्इं जनअदालतका कठघरामा उभिनु पर्नेछ । कपाेलकल्पित अाराेपमात्र हाे भने तपार्इंलार्इ त्यसले मृत्युपर्यन्त पाेलिरहने छ । सत्य हाे भने डटेर उदाङ्गाे पारिदिनुहाेस् । ताकि भविष्यमा यस्ताे घृणित काममा कसैले हात चाेबल्ने छैनन् ।
    निकै वर्ष पहिले नेपालका सबैभन्दा ठूला भ्रष्टाचारी भनेर खुलामञ्चबाट एकजना नेता जाे जनताका प्रिय मानिन्छन् उनले बामदेव गाैतमकाे नाम लिए । त्याे प्रमाणित हुन सकेन । ठूलाे स्वरमा नाम लिने ती नेता नै पार्टीकाे मूलप्रवाहबाट पाखा लागे । त्यस्ता जनताका प्रिय नेताले त्यसरी नबाेलिदिएका भए हुनेथियाे जस्ताे मलार्इ त्यसबेला पनि लागेकाे अहिलेसम्म लागिरहेकाे छ । हुन त बामदेबसित मेराे चिनजान छैन । उनलार्इ सबैभन्दा ठूला भ्रष्टाचारी भनेर घाेषणा गर्ने नेतासित चाहि सम्पर्क छ । गाेल्छाजी , तपार्इंलार्इ पनि कसैले उकासेर भन्न लगाएकाे भए यहाँभन्दा ठूलाे पछुताे तपार्इंलार्इ केही हुने छैन । अस्तु ।

  11. कालोधनलाई सेतो बनाउने तरिका मध्ये एउटा तरिका हो यो ?
    २)सोल्टी होटलमा जुवा खेलेर धेरै हारेको बनाउनु
    ३)पशुपती र अन्य ठाउंका माग्नेहरुलाई करोडौ सहयोग गरेको वनाउनु
    ४)

    1. पैसो पाएर नखाने कुन पार्टीको नेता होला । यी धनाढ्य बुढियाले कहाँबाट यत्रो करोडौं करोड बाँड्न भ्याइन्, खुसीले किन बाँडिन् र बाँडेर किन कराइन् । नेपालजस्तो घूस खाएर निर्णय गर्ने ठाउँमा यो पनि एउटा किस्सा मात्र हुनेछ । सबलाई चेतना भया ।

  12. पहिलो कुरा आरोप प्रमाणित गरेर देखाउनु पर्यो।दोश्रो कुरा त्यत्रो रकम दिएर सांसद् बन्नुको औचित्य के थियो? त्यसको चित्तबुझ्दो पुष्ट्याइँ गर्न सक्नु पर्यो किनकि माडवारी समूदायले आम्दानी नहुने क्षेत्रमा पुँजी फँसाउदैनन्।कि त कमाइ हुने पदमा नियुक्ति नपाएर मनको तीतो उकलेको हो कि? अर्को संगीन प्रश्न गोल्छा महोदयालाई तपाईंले घूस खुवाएको भनिएको त्यत्रो रकम कतै कर छलीको त हैन? त्यो रकमको नियमानुसार सरकारलाई कर त तिर्नु भएको छ? यदि कर पनि तिर्नु भएको छ र रकम घूस दिएको प्रमाणित पनि गर्न सक्नु हुन्छ भने तपाईंलाई नेपाली जनताले नागरिक अभिनन्दन गर्ने छन र घूस लिनेलाई कालोमोसो दलेर सामाजिक बहिष्कार गर्न बेर लउन्नन्।

  13. गाेल्छा जी तपाईले स्वईच्छा बाट एक कराेड पैसठ्ठी लाख दिइसकेपछिपनि एमाले कार्यकर्ताले धम्क्याउदा त्यत्राे पैसा बुझिलिने नेताहरूलाई किन नभनेकाे र अझै पैसादिने गर्नुकाे पछाडीकाे कुराे बुझ्न गार्हाे भाे।सांसद हुने हैसियत भएकालाई कार्यकर्ताले धम्क्याउन सक्छ?

  14. आरोप प्रमाणित भये राम्रॅ हुने हो;नत्र “ताई न तुई हात लागूयो दुई ।”

  15. तथ्य के हो थाहा छैन / बिना प्रमाण आरोप लगाउन पाइन्दैन होला / तथापि प्रमाणित भै हालेपनि केहि हुने बाला छैन / येस्ता हावा गफ, आरोप, प्रत्यारोप धेरै सुनियो /

  16. जागिर कतैछैन ,
    राजनीति को नाममा फट्याँइ वाहेक काम केही जानेकै छैन ,
    तर काठमाण्डौको आलिशान महल र महँगो जिवन शैलि नै यही ठगी ठण्डा को प्रमाण नभय अर्को के चाहियो ?

  17. यो देश को सबै भन्दा भरष्ट्र एमाले नै देखिएको छ किन कि सबै पार्टीमा रहेका दल हरुको नेत्रुतोमा सरकारमा सहभागी भएको छ |

  18. I have also heard this during election that Oli and company are demanding funds in return of seat. Unfortunately we Nepalese are voting for people who are not nationalist but just wear the mask of Natiolism. Beware

  19. yadi yo tpaiko vanai sacho ho vne pramanko sathma agadi aauni hami tpaiko sath hunxau. tr..yahi ho nepalko rajniti Ko kunai biswas hudain. aaj kahile. .voli kahi..

  20. हैन हौ …….! यिनले ७ करोड पैसा लिएको त भनिन तर उनको हिसाब अनुसारनै पनि ७ करिड त पुगेन त …., उनको अनुसार बिद्ध्यादेवी २५ लाख + के पी ५ करोड + झानाथ र माधव १०/१० लाख गरि २० लाख गर्दा त जम्मा ५ करोड ४५ लाख मात्र हिसाब हुञ्छ त …l अनि काह बाट ७ करोड भयो पहिलो कुरा ? दोश्रो कुरा यी आइमाइले बद्नाम गर्नलाई मात्र बिना आधार को दोष लगाएको देखियो l स्वतः ढाटेको वा झुट कुरा हो भन्ने स्वतः थाहा हुन आउछ l

  21. अख्तियर प्रमुखलाई लाेकमानसिंह कार्की लाई महाअभियाेग किन लगाईयाे ? महाअभियाेग प्रस्ताब पेश गर्न अग्र पंक्ति मा ए.मा.ले.नै थियाे।भर्खर सरकार बाट अाफुलाई धाेका दिएकाे रिस नमर्दै माअाेबादि केन्द्र सगै मिलि कानुन बिपरित रातारात महाअभियाेग प्रस्ताब पेश भयाे। किन ? यहि छर्लङ छ । राजनीति काे र । कखरा काे क । नपढेकाेले नि बुझ्छ है। लाेकमान मात्र १ हप्ता अख्तियर मा टिकेकाे भए भस्ताचारी नेताहरु जेलमा हुन्थिय ।

  22. कस्तो सिसटम हो यहाँको जे पनि किन्न पाउने र बेचनेहरु अझराष्ट्बाद अरे हुन त हामिलाइ पहिले देखिनै योकुराको जानकारी थियो तरपनी लिनेहरुत लाइसेन्सिचोर फटहाहरुहो अनि यहाँ दिलेलाइपो प्रस्नउठछ

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice