७ बर्ष ३ महिनापछि आज रामवरण यादव सितल निवासबाट बिदा

काठमाडौं, १२ कार्तिक । दुई बर्षका लागिगणतान्त्रिक नेपालको प्रथम राष्ट्रपतिका लागि निर्वाचित डा. रामवरण यादव ७  वर्ष ३ महिनापछि आज विदा हुँदैछन् । आफ्नो कार्यकाल भन्दा झण्डै चार बर्ष बढि सितल निवास बसेका यादवले आजैदेखि राष्ट्रपति कार्यालय छाड्ने भएका छन् ।
नव निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो सपथ लिएर पदभार ग्रहण गर्ने भएपछि डा. यादवले सितल निवास छाड्न लागेका हुन् । २०६५ साउन ८ मा यादव राष्ट्रपतिमा निर्वाचित भएका  थिए ।
संविधान जारी गर्ने प्रक्रिया लम्बिदै जादाँ उनको पदावधि पनि लम्बिदै गयो र संविधान जारीसँगै बुधबार भएको निर्वाचनमा विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि उनको बिदाइ हुने भएको हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice