सुनको मुल्यमा गिरावट

काठमाडौं, ८ कात्तिक । सुनको मुल्य घटेको छ । आइतबार बजारमा सुन तोलाको २ सय रुपैँयाले घटेको हो ।
कात्तिक २ गते प्रतितोला ५१ हजार २ सय रुपैँयामा कारोबार भएको सुन आइतबार ५१ हजार रुपैँयामा कारोबार भइरहेको व्यवसायीहरुले जनाएका छन् । हाल तेजाबी सुन प्रतितोला ५० हजार ७ सय ५० रुपैँयामा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मुल्यमा पनि गिरावट आएको छ । कात्तिक २ गते प्रतितोला ७ सय २० रुपैँयामा कारोबार भएको चाँदी आइतबार ७ सय १७ रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice