म्याच फिक्सिङका आरोपित खेलाडीमाथि राज्यविरुद्धको अपराध मुद्धा दायर

काठमाडौं, ८ कात्तिक । म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीहरुमाथि प्रहरीले राज्य विरुद्धको अपराध मुद्धा चलाएको छ ।
नेपाली फुटबल टोलीका कप्तान सागर थापासहित पक्राउ परेका पाँचजना विरुद्ध मुद्धा दायर गरेको काठमाडौं प्रहरीका एसपी विश्वराज पोखरेलले जानकारी दिए । महान्याधिवक्ताको कार्यालयको सहयोगमा मुद्धा दायर गरेको पोखरेलले बताए । खेलाडीहरुमाथि लागेको आरोप पुष्टि भएको खण्डमा उनीहरुलाई बढिमा तीनवर्ष सम्म कैद हुने कानुनी प्रावधान रहेको छ । प्रहरीले राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा, सन्दीप राई, अन्जन केसी, रितेश थापा र विकाससिंह क्षेत्रीमाथि राज्य विरुद्धको अपराध मुद्धा दायर गरेको हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice