bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/10/16185 ) ) )

झलनाथले भने ‘केपीजी भद्र सहमति पालना नगरे तपाई र सुशीलमा के फरक ?’

काठमाडौ, १ कार्तिक । ‘पूर्वसहमति पालना नगरे तपाई र सुशील कोइरालामा के फरक भयो ? एक पटक होइन बारम्बार तपाईले मसँग भद्र सहमति गर्नु भएको छ । जब सहमति कार्यान्वयनको पालो आयो तपाई मेरा बिरुद्ध विद्याजीलाई अगाडी सार्दै हुनुहन्छ ।’

यो आक्रोसपूर्ण अभिब्यक्ति हो प्रधानमन्त्री केपी शर्मा ओलीप्रति एमाले बरिष्ठ नेता झलनाथ खनालको । प्रधानमन्त्री कार्यालय सिहदरवारमा बसेको एमालेका पाँच शिर्ष नेताको बैठक बसीरहेको थियो । बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले राष्टपतिमा उपाध्यक्ष बिद्यादेवी भण्डारीलाई अघि सारे ।
ओलीले राष्टपतिमा भण्डारीलाई अघि सारेपछि आक्रोसित हुँदै एमाले बरिष्ठ नेता खनालले तीन नेताबीच भएको भद्र सहमतिको स्मरण गराए । ‘तपाईले नै केही महिना पहिले राष्टपति मलाई बनाउने भद्र सहमति गर्नु भएको थियो । तपाईको प्रस्तावलाई माधवजीले पनि समर्थन गर्नु भएको थियो । तर अहिले बिद्याजीलाई अघि सार्नुको अर्थ के हो ?’ खनालले भने ।
खनालले राष्टपतिको चाहाना देखाएपछि ओलीले थप छलफल गरौ भन्ने प्रतिक्रिया दिए । तर ओलीको जवाफमा सन्तुष्ट नभएका खनालले आफुले सिफारिस गरेका चार जनालाई मन्त्री बनाउन दवाव दिए ।
बैठक नसकिँदै आक्रोसित हुँदै खनाल बाहिरिए । उनले आफ्ना गुन नसम्झे ओलीलाई सहयोग गर्न नसकिने जनाउ पनि महासचिव इश्वर पोखरेललाई बताए । दुई नेताको जुहारी हेरेका उपाध्यक्ष बामदेव गौतमले बिद्या भण्डारीलाई नै राष्टपति बनाउने पर्ने कुरा राखेका थिए । खनाल बाहिरिसकेका कारण गौतमको भनाई उनले सुनेनन् ।

One thought on “झलनाथले भने ‘केपीजी भद्र सहमति पालना नगरे तपाई र सुशीलमा के फरक ?’
  1. Hoina yi poi marne jati sabailaai President banaaune ho bhane aru pani chhan ni Yemaale maa 10/12 janaa President banaaye bhaigo ni. 10 claas saam padhe laai sabhamukh banaayera pugena aba Bidya Bhandari laai Rastrapatni banaaune? Ke chha usko yo deshlaai yogadaan. yestai paaraa ho bhane OLI JI Nanimaya hune bhaye. yo sabai Prachandako khel ho.

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice