bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/10/15810 ) ) )

सहमतिको नाममा बारम्बार धोका भयोः रामचन्द्र पौडेल

काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले निर्वाचनलाई अस्विकार गरेर सहमतिको रटान लगाउने लोकतन्त्र विरोधी कार्य नेपालको लागि धोका भएको बताएका छन् । व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शुसील कोइरालाको समर्थनमा बोल्दै पौडेलले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलीमा संयमता अपनाउन नसक्दा मुलुकले दुःख पाएको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए । सहमतिका नाममा निर्वाचनलाई अस्विकार गर्ने प्रवृत्ति लोकतान्त्रीक हुन नसक्ने भन्दै पौडेलले उक्त खालको प्रबृत्तिलाई सदाका लागि त्याग्नु पर्ने समेत बताएका थिए । त्यस्तै, प्रधानमन्त्रीका लागि शुसील कोईरालाको प्रष्तावकका रुपमा बोल्दै नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले निर्वाचन नै लोकतन्त्रको शौन्दर्य भएका कारण निर्वाचनसँग नआत्तिन अनुरोध गरे । उनले निर्वाचनले लोकतान्त्रिक पद्धतिलाई थप सुदृढ बनाउने जनाउँदै मुलुकको राष्ट्रिय एकताको सवालमा नेपाली कांग्रेस कहिल्यै नचुक्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice