अखिल क्रन्तिकारीले भन्योः कांग्रेसको उमेद्वारी अशोभनिय र राष्ट्रघाती

काठमाडौं, २३ असोज । नेपाली कांग्रेस नेतृत्वको सरकारले आफ्ना नेताहरुलाई विभिन्न शिर्षकमा अनावस्यक रकम निकासा गरी राज्यलाई बोझ बोकाएको भन्दै एमाओबादीको भातृ संगठन अखिल क्रन्तिकारीले प्रदर्शन गरेको छ ।

शनिबार राजधानीको शान्तिबाटिकामा प्रर्दशन गरेको क्रान्तिकारीले भ्रष्टाचारको आरोपमा सजाय भोगी सकेका कांग्रेस नेता खुमबहादुर खड्काका नाममा रकम निकासा हुनु दुर्भाग्यपूर्ण र जनविरोधी भएको बताएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले खड्कालाई ३५ लाख दिन निर्णय गरेको थियो ।

त्यस्तै , भूकम्पपिडितका नाममा आएको राहत सामाग्रीमा समेत चरम भ्रष्टाचार गर्ने कांग्रेसका मन्त्रीहरुले सरकार छाड्नु अगाबै आफ्ना नेताका नाममा राष्ट्रको ढिकुटी बाड्नु अमार्यादित र अनैतिक हर्कत भएको अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले बताए ।

संयूक्त राष्ट्रसंघको ७० औं महासभाको बैठकमा भारतले गरेको नाकावन्दीको  देश तथा विदेशबाट चर्को विरोध हुदा पनि नेपालको तर्फबाट राष्ट्रसंघको बैठकमा प्रतिनिधित्व गर्दै अमेरिका पुगेका कांग्रेस महामन्त्री तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले नाकाबन्दीको विषयमा चुइकक नवोलेको तर भारतलाई भूकम्पमा सघाएको विषयमा धन्यवाद दिनु भारतीय भक्तिको पराकाष्ट भएको क्रान्तिकारीका नेता सुरेन्द्र वस्नेतले वताए ।

एमाओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयूक्त चट्टानी अडानकै कारण नेपालको सार्बभौमसत्ताको रक्षा भएको अध्यक्ष मल्लले बताए । उनले नेपाली कांग्रेसका सभापति शुसील कोइरालाले पुनः प्रधानमन्त्रीका लागि दिएको उमेद्वारी अशोभनिय र राष्ट्रघाती भएको पनि ठहर गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice