एमाले र राप्रपा नेपालबीच गोप्य सहमति, कमल थापा परराष्ट, कुन्ती शाही स्थानीयमा निश्चित

काठमाडौं, २३ असोज । नेकपा एमालेको नेतृत्वमा बन्ने सरकारमा राप्रपा नेपालका अध्यक्ष कमल थापा तीन मन्त्रालय लिएर सरकारमा जाने भएका छन् । एमालेसँग भएको सहमति अनुसार परराष्ट्र स्थानीयसहित ३ मन्त्रालय राप्रपा नेपालले पाउने भएको छ ।
राप्रपा नेपालबाट सरकारको नेतृत्व गर्दै उपप्रधानसहित परराष्टमन्त्रीमा कमल थापा जाने भएका छन् भने स्थानीय विकासमन्त्रीमा कुन्ती शाही जाने भएकी छिन् । त्यसैगरी अर्काे एक मन्त्रालय पनि राप्रपा नेपालले पाउने भएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री समर्थन दिने गोप्य सहमति भएलगतै मन्त्रालयको पनि बाँडफाँड भएकोे राप्रपा नेपाल स्रोतले बताएको छ । एमाओवादी र राप्रपाको समर्थन पाएपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने पक्का भएको छ ।
राप्रपा नेपालले भारतको एसम्यान भन्दा बाहिरको सरकार बन्न लागेका कारण एमालेलाई समर्थन गरी सरकारमा जाने आन्तरिक निर्णय गरेको हो ।
उता नेपाली कांग्रेसले सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेद्धार बनाउने निर्णय गरेको छ । कोइरालालाई मधेसी दल र भारतको सहयोग छ भने एमाले अध्यक्ष ओलीलाई एमाओवादी, राप्रपा नेपाल लगाएत साना दलको समर्थन रहेको छ ।

3 Comments
  1. Aba Bhanne Sarkar Lay yo yeuta kura ma ramro sanga Bichar …..pugaus .ki mathi ko naka lai pani sucharu rakhi utabaat pani sabai thok ko bepar hoss .

  2. अोली प्रधानमन्त्री भयाे भने के मधेशकाे माग संवाेधन हुन्छ र ? सायद हुदैन हाेला ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice