हामीले चीन कार्ड खेल्दा राजीव गान्धी आत्तिएर राजा विरेन्द्रसँग सम्पर्क गरे

नरबहादुर बुढाथोकी (पूर्वआपूर्तिमन्त्री)

२०४५ सालमा भारतले नाकाबन्दी गर्दा म आपूर्ति मन्त्री थिएँ । त्यो बेला भारतले विभिन्न खाल्का प्रस्तावहरु पठाएर निहुँ खोजिरहेको थियो । एक दिन विहान प्रधानमन्त्री मरिचमान श्रेष्ठज्यूले मलाई आकस्मिकरुपमा बोलाउनु भयो । प्रधानमन्त्रीसहित हामी केही मन्त्री राजालाई भेट्न दरवारमा पुग्यौ । राजा बिरेन्द्रले बोलाउनु भएको रहेछ ।

हामी दरवारमा खाना खाँदै थियो । त्यही बेला राजाले भन्नुभयो भारतले निहुँ खोजिरहेको छ । पारवहान सन्धीको म्याद थप्छ जस्तो मलाई लाग्दैन, नाकाबन्दी हुनसक्छ तपाईहरुको तयारी के छ ?

त्यसपछि म ५ जना कर्मचारी लिएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेँ । सवै इन्धनका डिपोहरु चेक गरेँ । त्यो बेलासम्म भारतले नाकाबन्दी गरिसकेको थिएन । इन्धन आइरहेको थियो । मैले सवै ठाउँका डिपोमा इन्धन भर्न आग्रह गरेँ । धेरै नेपाली ब्यापारीलाई तत्काल इन्धन ल्याउन र संचित गर्न आग्रह पनि गरेँ । जसले इन्धन बिक्रिबितरण गर्दैन्थे तिनि ब्यापारीहरुलाई पनि इन्धन संचित गर्न आग्रह गरेँ । १० दिनभित्रमा हामीसँग धेरै इन्धन जम्मा भयो । तर इन्धन राख्ने डिपोहरु ठुला भएनन् ।

त्यसको केही दिनपछि भारतले नाकाबन्दी गरयो । ७ दिनभित्र हामीलाई घुडाँ टेकाउने उसको सपना पुरा भएन । त्यो बेला प्रधानमन्त्री मरिचमान धेरै सक्रिय हुनुहन्थ्यो । हामीले प्रत्येक इन्धनका डिपोमा सरकारी कर्मचारी चेकिडका लागि पठायौ । कालोवजारी हुनसक्ने आशंकाले कर्मचारी पठाएका थियौ ।

नाकाबन्दीको समय ४५ दिन पुग्यो । डेढ महिनासम्म कुनै पनि बस्तु भारतबाट भित्रिएन । त्यसपछि हामीले संयुक्त राष्टसंघलाई गुहार्याै । अन्य छिमेकी मुलुकलाई गुहार माग्दै नाकाबन्दीको मुद्दालाई अन्तराष्टियकरण गरयौ । अन्तः भारतले तेस्रो मुलुकबाट सामान ल्याउन दिन सहमत त भयो तर पनि विभिन्न सास्तीहरु दिन छोडेन । भारतको बाटो भएर बंगलादेशबाट इन्धन लगाएतका सामानहरु ल्याउँदा निकै सास्ती भयो ।

त्यसपछि हामीले विश्व वैंकसँग कुरा राख्यौ । उसले ४५ बर्षमा तिर्ने गरी १ प्रतिसत ब्याजमा ऋण दिन सहमत भयो । हामीले थानकोट र चारखालमा इन्धन डिपो निर्माण गर्ने योजना बनाऔै । त्यसको जिम्मा नेपाली सेनालाई दियौँ ।

सधै तेस्रो मुलुकबाट इन्धन लगाएतका सामानहरु ल्याउन नसकिने निस्कर्षमा पुगेपछि चीनसँग सहकार्य बढाऔ । चीनले दिर्घकालिन प्रस्ताव माग्यो । उसले सधै हामीबाट ५० प्रतिसत इन्धन लिने हो भने हामी दिन तयार छौ भन्ने जवाफ पठायो । हामीले सधै ५० प्रतिसत लिन्छौ भन्ने जवाफ पठायौ । त्यसपछि उसले चारखाल र थानकोटका डिपो तयार नुहँदै हामी पाइप ल्याइदिन्छौ भन्ने जवाफ आयो ।

हामी सम्झौताको तयारी गर्दै थियौँ । त्यो कुरा भारतले थाहा पाएछ । भारतका तत्कालिन प्रधानमन्त्री राजीव गान्धीले राजा विरेन्द्रसँग सम्पर्क गर्न खोजेछन् । तर राजाको सुर्खेतमा सवारी भएको थियो । राजीव गान्धीले एक सातासम्म सम्पर्क गर्न खोज्दा पनि राजासँग सम्पर्क भएन ।

त्यसपछि भारतले हामी इन्धन दिन्छौ, अन्य मुलुकको विकल्प नखोज भन्दै प्रस्ताव पठायो । तर हामीले तिमीहरुसँग ५० प्रतिसत लिन्छौ र अर्काे मुलुकबाट ५० प्रतिसत लिन्छौ भन्ने जवाफ पठाऔ । त्यसबाट भारत सन्तुष्ट भएन । उसले चीनसँग सम्झौता नगर हामी कलकत्ताबाट रक्सौलसम्म पाइप लाइन बनाइदिन्छौ भन्ने प्रस्ताव पठायो । हामीले मानेनौ । चीनसँग सम्झौताको तयारी प्रधानमन्त्री मरिचमानले अघि बढाइरहनु भयो ।

भारतले त्यसपछि कांग्रेसको साहारामा चन्द्र शेखरलाई नेपालमा पठायो । राजनीतिक परिवर्तनको खेल सुरु भयो । आन्दोलनले चर्काे रुप लियो । हाम्रो ध्यान चीनसँग सम्झौता गर्नुभन्दा आन्दोलनतिर बढि गयो । अन्तः चीनसँग सम्झौता नहुँदै हामी सरकारबाट बाहिरियौँ । आन्दोलनपछि प्रजातन्त्र आयो । प्रजातन्त्र आउनु त ठिकै हो तर तीन महिना मात्र पञ्चायत टिकेको भए चीनसँग सम्झौता भइसक्थ्यो । अहिले फेरी यो समस्या भोग्नु पर्ने थिएन ।

प्रजातन्त्र आएपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले चीनसँगको सम्बन्धलाई पूर्णरुपमा तोड्यो । चीन पनि पछि हट्यो । भट्टराईले सार्वजनिक भाषण गर्दै भारत माताको जय जय भने । फेरी नाका खुल्यो । भारतबाट इन्धन लगाएका खाद्यय बस्तु आउन थाले ।

अहिले अर्काे मौका आएको छ । हामी भारतको मात्र भर पर्नु हुँदैन । चीनसँग सम्झौता गर्नु आवश्यक छ । तर चीनले अहिले ७५ प्रतिसत इन्धन किन्नु पर्ने सर्त राखेको कुरा सुनेको छु । त्यो भन्दा ५० प्रतिसत चीन र ५० प्रतिसत भारत लगाएत अन्य मुलुकबाट ल्याउने गरी सम्झौता गर्नु पर्दछ । (२०४५ सालमा नाकाबन्दी हुँदाका आपूर्तिमन्त्री)

3 Comments
  1. देश लुट्नु यी पार्टीको रगतमा लेखिएको छ!

  2. भारतको दास हुनु हुँदैन सत्यहो. समस्या हाम्रा अनेक छन्. धेरै विचार गरेर मात्र कदम चाल्नु पर्छ. दुरगामी निर्णय त लिनुनै पर्छ. २०४५ भन्दा आजको परिवेश झनै जटिल बनेको छ. तेस बखत एका तर्फ नाका बन्दि थियो अर्को प्रच्जातान्त्रका लागि आन्दोलन. एता प्रजातन्त्र आयो उता राजीव गान्धीको सकार ढल्यो. विश्वनाथ प्रतापले नाका खोलि दिए. प्रश्न एउटी छ नेपालले दुरगामी दृष्टिकोण किन राख्न सक्दैन. किन ६ महिना १ वर्षका लागि संचय गर्ने योजना बनाउदैना. किन हामि भारत परास्त नै हुनु पर्यो ? डर धेरै छन्. चीन संग सम्बन्ध गास्न पनि तेती सजिलो छैन.

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice