नेपालमा भारतविरोधी भावना बढ्यो—आइबी

काठमाडौं, २० असोज । भारतीय गुप्तचर निकाय (आईबी) ले नेपाल—भारत सिमाबर्ती क्षेत्रमा  भइरहेका प्रदर्शनले नेपालमा भारत विरोधी भावना जाग्दै गएको प्रतिवेदन सम्बद्ध निकायलाई उपलब्ध गराएको छ ।

मेल टुडे पत्रिकाको बुधबारको अंकमा नेपालका मधेशी, थारुलगायत समुदायले सिमावर्ती क्षेत्रमा गरेको आन्दोलनका कारण नेपालको एउटा वर्गमा नाकाबन्दी भारतले नै  गरेको भन्ने बुझाई रहेको आईबीको प्रतिवेदनमा उल्लेख  छ ।

आइबीले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र राष्ट्रि सुरक्षा सल्लाहकारलाई मंगलबार पठाएको रिपोर्टमा नेपालको मधेसकेन्द्रित आन्दोलनमा ‘भारतको हात रहेको’ भन्ने आँकलन बढ्दै गएको बारे पनि उल्लेख गरिएको छ ।

आईबीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोे पुत्ला दहनलाई ‘गम्भिर विषय’ भएको ठहर गरेको छ । आइबी रिपोर्ट अनुसार अहिले नेपाल ढुवानीका लागि तयार रहेका २ हजार लोडेड ट्रक रक्सौल ९वीरगन्ज० नाकामा अड्किएर बसेका छन् ।

यस्तै, १ हजार ट्रक सुनौली ९भैरहवा० र ८ सय ट्रक जोगवनी ९विराटनगर० नाकामा ढुवानी ‘क्लियरेन्स’ पर्खिएर बसेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice