प्रचण्डले भने— भारतले गरेको नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन विपरित

विराटनगर, २० असोज । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतले गरेको नाकाबन्दी अन्तराष्ट्रिय कानुन र भूपरिवेष्ठित राष्ट्रको पारवहन नीतिको विरुद्धमा रहेको बताएका छन् ।

पार्टी कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा  इटहरी पुगेका दाहालले विराटनगर विमानस्थलमा  पत्रकारहरुसँग कुरा गर्दैे अघोषित नाकाबन्दीले देश आक्रान्त बनिरहँदा पनि सरकार नागरिकका समस्याप्रति उदासिन रहेको आरोप लगाए । उनले सरकारले स्पष्ट कार्यक्रम ल्याउन नसक्दा नागरिकले सास्ती बेहोर्नुपरेको दुखेसो पोखेका थिए ।

नजिकिँदो चाँडवाडमा नेपालीहरुलाई अझ पिडा दिने गरि छिमेकी मुलुकले गरेको अघोषित नाकाबन्दीले नेपालीहरुको मनमा ठेस लागेको बताउँदै प्रचण्डले तत्काल जनतालाई राहत दिने कार्यक्रम तय गर्न सरकार समक्ष आग्रह गरेका छन् ।

5 Comments

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice