अन्य देशका प्रतिनिधिले नाकाबन्दीको खुलेर विरोध गर्दा प्रकाशमान किन चुपलागे ?

काठमाडौं, १५ असोज । छिमेकी मूलुक भारतले  अघोषितरुपमा गरेको नाकाबन्दीले देश आक्रान्त बनिरहेको बेला संयूक्त राष्ट्रसंघको ७० औ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका उपप्रधान तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले भने आफ्नो सम्बोधनका क्रममा नाकाबन्दीका विषयमा चुइँक्क बोलेनन् ।

बरु, मन्त्री सिंहले भारतले  विनाशकारी भूकम्पको समयका सघाएको भन्दै धन्यवाद दिएका छन् ।  सिंहले जारी नेपालको संविधानले सबै किसिमका  विभेद अन्त्य गरेको साथै नयाँ संविधानमा ३३ प्रतिशत महिलाको हकलाई सुनिश्चित गरेको भन्दै महासभालाई जानकारी गराएका थिए ।

चीन, अमेरिका, पाकिस्तान लगायत विभिन्न मूलुकका राष्ट्रप्रमूखहरुले नेपालमा भारतले गरेको अघोषित नाकाबन्दीको खुलेरै विरोध गरिरहँदा महासभामा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै न्यूयोर्क पुगेका सिंह मौन बस्नुलाई भने आश्चर्यको रुपमा हेरिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice