नेपाली भाषीहरुलाई भारत छोड्न धम्की

काठमाडौं, १४ असोज । नेपाल र भारतको सम्बन्ध चिसिए सँगै त्यसको असर  भारतमा बसोवास गर्ने नेपाली मूलका नागरिकहरुलाई पर्न थालेको छ ।
सिलीगुडी महकुमा परिषद् एवं स्थानिय पञ्चायतको चुनावको विषयलाई लिएर पश्चिम बंगालको सत्तारुढ दल तृणमूल कांग्रेसका कार्यकर्ताले भारतको सिलिगडी, नक्सलबाडीमा बसोवास गर्दै आएका नेपाली मूलका भारतीय नागरिकलाई भारत छाडेर नेपाल जान धम्की दिएका छन् ।
उक्त स्थानमा बसोबास गर्ने नेपालीमूलका भारतीयहरुलाई तृणमूलका कार्यकर्ताहरुले धम्काउने र पक्राउ गर्ने कार्य गरिरहेको भाकपा माक्र्सवादीका नेताहरुले बताएका छन्  । हाल सिलिगुडीमा स्थानीय चुनाव भइरहेको छ । स्थानीय चुनावमा तृणमुल कांग्रेस र प्रतिपक्षी माक्र्सवादी कम्युनिष्ट पार्टीबीच तिब्र प्रतिष्पर्धा रहेको छ । तृणमूल कांग्रेसका कार्यकर्ताको धम्कीबाट उक्त क्षेत्रमा बसोवास गर्ने नेपालीभाषी भारतीयहरु निक्कै त्रसित बनेका छन् ।

One thought on “नेपाली भाषीहरुलाई भारत छोड्न धम्की
  1. हे देशका अगुवा नेता तथा पत्रकार महोदयहरु हो, राष्ट्र समृद्ध बनाउन चाहने होभने यहिनै सबै भन्दा महत्वपूर्ण घडी हो अघाडी बढ्ने l भारतीय सम्पूर्ण सामानहरुको बहिस्कार गर्दै, नेपाल सरकारको लाल-मोहर लगाउदै भारतीय सिमाना नाकाबन्दि गरौँ, देश बिकाशको पथमा हातेमालो गर्दै अघि बढौं,… कुनै इतिहासको पन्नामा पढ्न पाएको थियं, बिस्व-युद्ध हुँदा यूरोपियन कुनै राष्ट्र-प्रमुखले आफ्नो देशलाई बचाउन र पर्नसक्ने क्षतिको सामनागर्न जनतासंग अपिल गर्दै, सानो फलामको टुक्रादेखि लिएर आफ्नो क्षमता र हैसियतले जसले जति जेदिन सक्छौ देउ भनेर घोषणा गर्दा यति धेरै श्रोत-साधन र धनराशि जुट्यो अरेकि, सर सामानहरु भण्डारण गर्न समेत त्यो राष्ट्रलाइ हम्मेहम्मे परेको थियो अरे l तसर्थ तपाई अगुवा नेताहरु भ्रस्टचारी प्रवृति त्याग्दै बिस्वास गर्नलायक हुनु होस्, आजैदेखि राष्ट्रप्रति समर्पण हुन उद्घोष गर्नुहोस्, आफ्नो राष्ट्रकोखातिर राष्ट्रप्रेमी सबै जनताले आ-आफ्नो गच्छ्य र स्रोत-साधन प्रदानगर्दै नेपालको बिकासकोलागि साथ् दिन हिचकिचाउनु हुनेछैन भन्ने बिस्वाश गर्न सकिन्छ … हरेक नेपालीले एकचोटीमा १/१ रुपैयामात्र दिंदापनि अर्थात एउटा परिवारले १०/१५ रुपैयामात्र राष्ट्रका नाममा चढाउदा, अढाई करोड भन्दा बढी उठ्न सक्छ भने, सक्ने हामि जस्ता स्वाभिमानी कतिपय जनताले त राष्ट्र बिकाशकोलागि आफ्नो ज्यानसमेत आहुति गर्दै लाखौ रुपैया स्व-स्फुर्त रुपमा दिनेछौ/दिनेछन l अन्यथा नेपाललाइ सधै भारतीय बजारको हिस्सा बन्नदिदै भारतीय नेताहरुको मुख ताकि लम्पसार पर्दै चाकरीको भरमा कुर्शी हत्याउनमात्रै तपाईहरुले खोजि रहनेहोभने देशको उबो-गति हैन, उधो-गति सिवाय अरु केहि हुँदैहुँदैन l … तेसैले हामि आफैले भारतबाट आयातित सामान भित्र्याउन बहिस्कार गर्दै सिमा नाका बन्द गर्ने होभने नत तराइ मधेस आन्दोलन चम्किन्छ नत India संग झुक्न आबसेक हुनेछ …देखाउन सक्नु पर्यो त केवल साहस … !
    # भारतीय सामानहरुको बहिस्कार गर्दै, नेपाल भारत सिमा नाका बन्द गरेर नेपालिहरुको जीविका चल्न सक्छ र ? बकवास लेखाइ भन्नेहरुको पनि हामिकहाँ कमि कहाँ छ र ? आफु मेहनत नै गर्न नखोजी मागी खान रमाउने अथवा सक्नेले आफ्नै जनता लुट्दै र चुस्दै खान पल्कने हो भने, दान दिउञ्जेल उसै भारतको हाइ हाइ गरौ, अप्ठ्यारो पार्दा सत्तो सराप गर्दै उसैको उछितो काढ़दै निरिह बन्दै बसौं l अनि लाचार हुँदै खाडी मुलुकबाट फल्ने Remittance को भरमा देश चल्न दिउँ … देशमा मनपरी तन्त्र गर्दै सधै उनैलाइ रिजाउन खोज्यो, उनीहरु कहाँनै ढोके र पहरेदार बनाउन गरिब जनता पठाउदै ‘गोर्खे अथवा बादुर’ को सम्बोधनमा रमायो बस्यो … कि कसो ?
    हैन भने, के हामि पर-निर्भर मै जीविका गर्न खोजि रहने हो त सधै, हामि आफ्नो पौरखमा बाच्न नखोज्ने ? नाका बन्दि गरेर आफु चाहि केहि नगर्ने, मेहनती बन्न कोशिसनै नगरी अन्य दात्रि राष्ट्र अथवा उत्तरी छिमेकी राज्य China को निगाहमा मात्रै बाच्न कठिन छ भन्ने मानसिकता बोक्ने हो भने त भन्नु केहि छैन l … तर हैन हामि संग जे जति छ, जस्तो छ तेस्को उपयोग गर्दै जीविका चलाउदै दात्रि राष्ट्रको ऋण सहयोग लिई राष्ट्र-सेवक नेताहरुको अगुवाइमा बिकास गर्न पक्कै सकिन्छ भनि अठोट गर्ने हो भने असम्भव केहि पनि छैन l सबैले आत्म सम्मानका साथ् बाच्न चाहना राख्दा, भारतको बिरुद्ध आफुपनि ननिहुरिने जनतालाइ पनि आह्वान गर्ने बेला नेताहरुको यहि हो … जय नेपाल l

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice