आफ्नो माग भन्दा पनि देशको पिडा ठूलो भन्दै डा. केसीले अनसन तोडे

काठमाडौं, १२ असोज । नेपाल अफ्ठ्यारो अवस्थामा गुज्रिएको भन्दै त्रि.वि. शिक्षण अस्पतालका डा. गोविन्द केसीले आफ्नो ७ औं पटकको अनसन तोडेका छन् । संविधानमा देखा परेको विवाद र भारतले नेपालप्रति गरेको हस्तक्षेपका विरुद्धमा सबै नेपाली एक जुट भएर सामना गर्नुपर्ने आह्वान गर्दै उनले अनसन तोडेका हुन् ।

आफ्नो आन्दोलन भन्दा पनि देशको समस्या ठूलोे भएको भन्दै ११ औं दिनमा अनसन तोडेका हुन् । आफ्ना मागहरु यथावत रहे पनि तत्कालका लागि देशको परिस्थिति बुझेर अनसन तोडेको सहयोगी डा.जीवन क्षेत्रीले जानकारी दिए ।

One thought on “आफ्नो माग भन्दा पनि देशको पिडा ठूलो भन्दै डा. केसीले अनसन तोडे
  1. मरी हाल्छु कि भन्ने डर लाग्याे कि कसाे डा‍ अनसन के‍ सी लाइ?

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice