रानी भन्सारमा सिमापारीबाट भारतीयले गरे ढुंगा प्रहार

बिराटनगर, १० असोज । भारतीय युवाहरु र मधेशी मोर्चाका कार्यकर्ताले भारतको भूमी प्रयोग गरेर नेपाल प्रहरीमाथि ढुंगा र बोतल प्रहार गरेका छन् । संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विराटनगरको रानी भन्सार नाकाको दुई नम्वर ढाटमा बसेर धर्ना दिइरहेका बेला ढुंगा र बोतल प्रहार भएको थियो । धर्नामा रहेका यादवका कार्यकर्ता र भारतीय नागरीक करिव ६० जनाको समूहले प्रहरीमाथि ढुंगा र बोतल प्रहार गरेका हुन् ।
सिमा पारीबाट प्रहरीमाथि दुव्र्यवहार हुन थालेपछि विराटनगर तनावग्रस्थ बनेको छ । अघोषितरुपमा सिमा नाका बन्द गर्नु , संविधान संशोधन गर्न कुटनीतिक मर्यादालाई कुल्चेर ७ बुदें निर्देशन दिनु र राजनीतिक आवरणका अपराधीलाई भारतले गरेको संरक्षणलाई आश्चर्यका रुपमा हेर्न थालिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice