एमाओवादीको स्थायी समिति बैठकले भन्योः बाबुराम घर फर्क

काठमाडौं, १० असोज । एकीकृत नेकपा माओवादीको आइबार बसेको स्थायी समितिको बैठकले पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आफ्नो निर्णय पुर्नविचार गर्न आग्रह गर्ने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बसेको बैठकले राष्ट्र नै अत्यन्त विषम परिस्थीतिमा रहेको बेला टुटफुट र विभाजन भन्दा पनि एकताको आवश्यकता रहेको समयमा भट्टराईको पार्टी परित्याग अत्यन्त गलत भएको ठहर गर्दै आफ्नो निर्णय पुनर्विचार गर्न भट्टराईलाई अपिल गरिने एक नेताले जानकारी दिए ।

‘हाल राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता माथि नै गम्भिर खतरा उत्पन्न भएको छ’, एमाओवादी स्थायी समिती सदस्य अग्नि प्रसाद सापकोटाले भने,‘यस्तो अवस्थामा पार्टी परित्याग गर्ने उहाँको निर्णय अप्रत्यासित र अपरिपक्व छ’ । भट्टराईको निर्णयले उनीप्रति नै विभिन्न शंका जन्मिएकाले पनि पार्टीमा फर्किनुपर्ने सापकोटाले बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice