नायिका रिमा विश्वकर्मा विवाह बन्धनमा

काठमाडौं, १० असोज । नायिका रिमा विश्वकर्मा विवाह बन्धनमा बाँधिएकी छिन् । आईतबार ह्यात रिजेन्सी होटलमा पारिवारिक जमघटकावीच उनको विवाह सम्पन्न भएको छ ।
नेपाली मुलका बेलायती नागरिक रोबर्ट विश्वकर्मासंग उनको विवाह सम्पन्न भएको छ । जीवनको सुरुवाती दिनमा संचारकर्मीको रुपमा कार्यरत रिमाले आफ्नो पहिचान भने मोेडलिङबाट बनाएकी थिइन् । उनको रोवर्टसंग सामाजिक संजाल फेसबुक मार्फत चिनजान भएको थियो । त्यही चिनजानलाई उनले आज विवाहमा परिणत गरेकी छिन् ।
विवाह पछि आफ्नो काम केहि हप्ताको लागी स्थगित गरेपनि आफु पुन मोडलिङ क्षेत्रमै फर्किने रीमाले जनाएकी छिन् । रीमाले आजै साँझ आफन्त र फिल्म क्षेत्रका व्यक्तिहरुलाई ह्यात रिजेन्सीमा पार्टी दिने भएकी छिन् ।

One thought on “नायिका रिमा विश्वकर्मा विवाह बन्धनमा

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice