प्रधानमन्त्रीलाई ‘देशको चिन्ता’, अमेरिका भ्रमण रद्ध

काठमाडौं, ६ असोज । मुलुकको विषम राजनीतिक परिस्थतिलाई ख्याल गर्दै प्रधानमन्त्री शुसील कोइरालाले आफ्नो विदेश भ्रमण रद्ध गरेका छन् । अमेरीकाको न्यूयोर्कमा हुन लागेको ७० औं राष्ट्रसंघिय महासभामा सहभागी हुन जानु केही घण्टा अघि प्रधानमन्त्री कोइरालाले भ्रमण रद्ध गरेका हुन् ।
प्रधानमन्त्री कोइरालाले महासभामा सम्बोधन गर्नुका साथै अन्य मुलुकका उच्च पदस्थ प्रतिनिधिसँग साइडलाइन बैठक गर्ने कार्यक्रमपनि तय भइसकेको थियो । प्रधानमन्त्री कोइरालाले १८ जना सरकारी व्यक्तित्वहरु र केही आफ्नै खर्चमा जान लागेका जम्बो टोलीको नेतृत्व गर्ने भएका थिए ।
तर, उक्त जम्बो टोलीको नेतृत्व गर्दै उपप्रधान तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहका साथमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे पनि सहभागी हुने निश्चित भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice