प्रचण्डले भारतलाई भने ‘हामी रिमोट कन्ट्रोलमा चल्ने एसम्यान होइनौ’

काठमाडौ, ४ भदौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न छिमेकी राष्ट्रहरुलाई आग्रह गरेका छन् । नेपालको संविधान २०७२ को निर्माणदेखि जारी प्रक्रियासम्म छिमेकी राष्ट्र भारतले गम्भिर चासो लिँदै विभिन्न खाल्को प्रतिक्रिया दिइरहेका बेला एमाओवादीका अध्यक्ष प्रचण्डले टुडिखेलबाट भने ‘हामी कसैको रिमोटबाट चल्दैनौ, हामीलाई एसम्यानका रुपमा चल्न चाँहदैनौ ।
उनले नेपाली जनताले नेपालीका लागि बनाएको संविधानलाई छिमेकी मुलुकले समर्थन गर्नु पर्ने बताए । सोमबार सरकारले गरेको सभामा बोल्दै प्रचण्डले संविधानमा संशोधन गरी असन्तुष्ट पक्षका माग पुरा गर्न आफुहरु तयार रहेको बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice