महाधिबेशनको मिति तोक्न कांग्रेस केन्द्रीय समितिको बैठक जारी

काठमाडौं, ४ भदौ । भावी महाधिबेशनको मिति तय गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ । संविधान निर्माणका कारण नेपाली कांग्रेसले तीन पटक महाधिबेशनको मिति तोके पनि सारेको थियो । पार्टीको बैधानिकतामै समस्या समेत आएको थियो । आइतबार संविधान जारी भएपछि कांग्रेसले महाधिबेशनको तयारी गरेको छ ।
कांग्रेसले मंसिरमा भावी निर्वाचनको मिति तोक्न सक्ने आकंलन गरिएको छ । महाधिबेशनको लगभग तयारी अन्तिम चरणमा पुरयाएको कांग्रेसले जिल्ला र क्षेत्रको निर्वाचन पनि गर्न बाँकी रहेको छ ।
जिल्ला र निर्वाचन क्षेत्रको निर्वाचनपछि महाधिबेशन गर्नेछ । यसका लागि कांग्रेसलाई करिव तीन महिना समय चाहिने आंकलन गरेको छ ।
कांग्रेस महाधिबेशनमा अब बन्ने सरकार, सभामुख र राष्टपतिका बिषयमा पनि छलफल हुने भएको छ । एमालेको नेतृत्वमा सरकार बन्न र राष्टपति कांग्रेसले पाउने भएपछि केन्द्रीय समितिमा छलफल गर्न लागिएको हो ।

One thought on “महाधिबेशनको मिति तोक्न कांग्रेस केन्द्रीय समितिको बैठक जारी

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice